Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

गरुडा नगर पालिकाका प्रमुखलाई लिखित जवाफ पेश गर्न आयोगको आदेश

gadhimai nagar palika ko suchana
suchana gadhimai

गरुडा नगर पालिकाका प्रमुखलाई लिखित जवाफ पेश गर्न आयोगको आदेश
रौतहट २७ जेठ ।
गरुडा नगर पालिकाका प्रमुखसँग सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा १०(२) बमोजिम लिखित जवाफ पेश गर्न राष्ट्रिय सुचना आयोगले आदेश दिएको छ ।
रौतहट जिल्लाका गौर नगर पालिका २ निवासी शैलेन्द्र झाले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ बमोजिम आ.व. २०७९।०८० मा गरुडा नगर पालिकाको कार्यालय प्रयोजनको लागी खरिद सामाग्री र गैर सरकारी सस्थालाई दिएको कार्यक्रम वा अनुदान को सुचना माग गरिएको थियो ।
सुचना अधिकारी सँग फागुन ३० गतेमा माग गर्दा सुचना नदिई सुचनाको हक सम्बन्धी ऐनलाई वेवास्ता गरेकोले सुचना अधिकारीलाई कारवाई गरी सुचना दिन चैत्र १९ गतेमा प्रमुख प्रशासकीय अधिकृत मो मुस्ताक आलम सँग सुचना माग गर्दा समेत सुचना दिएको छैन ।
राष्ट्रिय सुचना आयोगमा झाले पुनरावेदन गर्दा राष्ट्रिय सुचना आयोगबाट सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा १० को उपदफा २ बमोजिम लिखित जवाफ पेश गर्न राष्ट्रिय सुचना आयोगले आदेश दिएको हो ।
राष्ट्रिय सुचना आयोगले बैशाष ६ गतेका दिन लिखित जवाफ पेश गर्न आदेश दिए पनि गरुडा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत आलम अटेर गरी बसेका छन ।
सुचना नदिएको खण्डमा २५ हजार सम्म प्रमुख लाई जरिवाना हुने सुचना ऐनमा उल्लेख छ ।

 

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.