Take a fresh look at your lifestyle.
npa 9 suchana

नदीहरुमा अलपत्र परेका मानिसहरुलाई सुरक्षाकर्मीद्धारा उद्धार

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २४ साउन ।
सोमवार देखी परेको अविरल वर्षाको कारण बागमती,लालबकैया र झाझ नदीमा आएको बाढीले विभिन्न ठाउँमा अलपत्र परेका मानिसहरुलाई स्थानिय मानिसको सहयोगमा खटिएको संयुतm सुरक्षाकर्मीले सुरक्षित साथ उद्धार गरेको छ ।
उद्धार गरिएको मानिसलाई निजहरुको आफन्तको जिम्मा बुझाईएको जिप्रका रौतहटले जनाएको छ । परोहा न.पा. ४ पोखरिया टोलका ३ जना , दुर्गा भगवती गाउँ पालिकाका ५ का ७० जना , राजपुर नगर पालिकाका फतुवा टोलका ५ जना गरी ७८ जनालाई सुरक्षित उद्धार गरिएको जिप्रका रौतहटका सुचना अधिकारी उमाशंकर प्रसाद यादवले जनाएको छ ।
खेतमा काम गर्न गएका वेलामा पानीको वहाव बढ्न गई फसेका ३ जना मानिसहरु स्थानीय वासिन्दाको सहयोगमा अ.प्र. पो. लौकाहाको प्रहरी टोलीले उद्दार गरेका बताइएको छ ।
दुर्गाभगवती गा.पा.-५ बडहर्वा टोलमा बागमती खोलाको वाहव बढन गई अंन्दाजी २५ घरधुरीमा करिव ३ फिट पानी पसेको अवस्थामा अन्दाजीं. ७० जना स्थानियहरुलाई प्र.चौ. बडहर्वाको प्रहरी टोलीले उद्दार गरी बागमती बाधमा स्थानान्तर गरी राखेको जनाएको छ ।
राजपुर न.पा. फतुवा गाउँको खेतमा भैसी चराउन गएको स्थानियहरु अं. ५ जना लालबकैया खोलाको पानी ओभर फ्लो भई फसेको कारण रुखमा चढी बसेो अवस्थामा ई.प्र.का. राजपुरबाट खटीएको प्रहरी टोलीले डुङ्गा बाट सकुशल उद्धार गरिएको थियो । बाढीमा डुबेर १ भैसीको मृत्यु भएको बताइएको छ ।
गढीमाई न.पा. २ समनपुर बस्ने अं बर्ष ६५ को सहिद राय भाटले बागमती खोला पारी आफ्नो खेतबाट फर्किने क्रममा खोलामा डुबिरहेको अवस्थामा स्थानीय वासिन्दाको सहयोगमा ई.प्र.का. समनपुरको प्रहरी टोली तत्काल उद्दार गरी उपचारको लागी स्थानीय क्लिनिक समनपुर ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी चपुर तर्फ पठाइए पनि चपुर सरकारी अस्पतालले मृत घोषणा गरेको थियो ।
फतुवाबिजयपुर न.पा. वडा नं. ८ बुनियाँद गाउँमा अं. बर्ष ६५ को लालबहादुर चौधरी पानीमा डुब्दै गरेको अवस्थामा स्थानीय बासिन्दाको सहयोगमा ई.प्र.का. लक्ष्मिनियाको प्रहरी टोलीले तत्काल सकुशल उद्दार गरेको बताइएको छ।
मौलापुर न.पा. वडा ०१ मर्यादपुर लालबकैया नदीको छेउमा देवाहीगोनाही न.पा. वडा नं. २ बस्ने राजेन्द्र यादवको छोरा अं. बर्ष १८ को कणर् यादव बिहान खेतमा घाँस, तरकारी लिन गएकोमा अचानक लालबकैया नदी पानीको बहाव बढेकोले खेतमा रहेको सिसौको रुखमा चढी बसीरहेकोमा स्थानीय वासिन्दाको सहयोगमा ढुङगा बाट ई.प्र.का. मौलापुरको प्रहरी टोलीले सकुशल उद्धार गरेको बताइएको छ ।
राजदेवी न.पा.वडा नं.१ झाझ खोलाबाट ओभर फलो भएको पानीमा राजदेवी न. पा. १ मोतिपुर टोल बस्ने दिनेश चौधरीको छोरा वर्ष १४ को सोहन चौधरीले खेल्ने क्रममा डुवी सिसौको हाड्गा समाती बसिरहेको अवस्था तत्काल प्र.चौ. बडर्हवाको प्रहरी टोलीले स्थानीय वासिन्दाको सहयोगमा उद्दार गरेको सुचना अधिकारी यादवले जनाएको छ । बाढीको समयमा नेपाल सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी समेतको प्रहरी टोलीले बाढीमा फसेकोलाई उद्धार गरिएको बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.