Take a fresh look at your lifestyle.
npa 9 suchana

गौर नगरपालिकामा खाता सञ्चालन विवाद : सुशासनमाथि प्रश्नचिन्ह

gadhimai nagar palika ko suchana
suchana gadhimai

गौर नगरपालिकामा खाता सञ्चालन विवाद : सुशासनमाथि प्रश्नचिन्ह
रौतहट, गौर । गौर नगरपालिकामा उपसचिव र लेखापालजस्ता जिम्मेवार पदाधिकारी हुँदाहुँदै पनि कनिष्ठ कर्मचारी तथा तत्कालीन निमित्त प्रमुखको नाममा बैंक खाता सञ्चालन गरिएको विषयले प्रशासनिक पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ ।
स्थानीय सरोकारवालाहरूले कानुन, प्रक्रिया र आर्थिक अनुशासनलाई बेवास्ता गर्दै गरिएको यस्तो कार्यलाई “प्रशासनिक बेथिति” मात्र नभई “सुशासनमाथिको खुला प्रहार” को संज्ञा दिएका छन् । उनीहरूले सार्वजनिक संस्थाको आर्थिक कारोबारमा जिम्मेवार अधिकारीलाई पाखा लगाएर गरिएको खाता सञ्चालनले नागरिकको विश्वास कमजोर बनाउने बताएका छन् ।
यस विषयमा सरकार र सम्बन्धित निकाय मौन बसेको भन्दै आलोचना भइरहेको छ । “सुशासन, पारदर्शिता र विधिको शासन” को नारा दिने सरकार व्यवहारमा भने कानुनविपरीत गतिविधिमाथि किन मौन छ भन्ने प्रश्न उठाइएको छ ।
सरोकारवालाहरूले यदि राज्यका जिम्मेवार निकायहरूले यस विषयलाई गम्भीर रूपमा नलिए कानुनी लडाइँसम्म जान बाध्य हुने चेतावनी दिएका छन् । जनताको करबाट सञ्चालित संस्थामा पहुँच, सेटिङ र मनपरी शैली स्वीकार्य नहुने उनीहरूको भनाइ छ ।
यसैबीच, गौर नगरपालिकामा आफूलाई भावी मेयरको दाबेदार बताउने राजनीतिक व्यक्तित्वहरू समेत यस विषयमा खुलेर बोल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । गलत कार्यविरुद्ध आवाज उठाउन नसक्ने र जनहितको पक्षमा उभिन नसक्ने नेतृत्वले परिवर्तनको राजनीति गर्नु केवल “राजनीतिक नाटक” भएको टिप्पणी समेत गरिएको छ ।
स्थानीयवासीहरूले अब भाषणभन्दा बढी सत्य, पारदर्शिता, जवाफदेहिता र कानुनको सम्मान गर्ने नेतृत्व आवश्यक रहेको बताएका छन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.