![npa 9 suchana](http://rautahatdristy.com/wp-content/uploads/2019/05/suchana-npa.jpg)
![suchana gadhimai](http://rautahatdristy.com/wp-content/uploads/2019/05/gadhi-mai-npa-3.jpg)
२०० किलो माछा नष्ट
रौतहट ५ भाद्र ।
भारतबाट अबैध रुपमा चोरी पैठारी गरी २०० किलो माछा नेपाल तर्फ ल्याउँदै गरेको अबस्थामा बरामद गरी नष्ट गरेको छ ।
उक्त २०० किलो माछा स्थानिय भद्रभलादमी संचारकर्मी तथा प्रहरीको रोहवरमा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएको प्रहरी गस्ती टोलीले गस्ति गर्दै जाने क्रममा गौर नगरपालिका वडा नं. ६ बैरीया पुल स्थित भारतबाट अबैध रुपमा चोरी पैठारी गरी २०० किलो माछा नेपाल तर्फ ल्याउँदै गरेको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।