Take a fresh look at your lifestyle.
npa 9 suchana

नेपाल रेडक्रस सोसाइटी रौतहट शाखालाई ५० लाख रकम विनियोन गर्ने अर्थ मन्त्री यादव

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट १५ जेष्ठ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला रौतहट शाखाको ७ औ साधारण सभा आज सोसाइटीका सभाकक्षमा सम्पन्न भएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका अर्थ मन्त्री सुनिल कुमार यादवले १५१ वटा देशमा स्थापित रहेको रेडक्रसको छुटै इतिहास तथा पहिचान रहेको बताए ।
दुःखमा साथ दिने समाजिक संस्था मध्ये रेडक्रस पहिलो संस्था रहको उनले बताउदै नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले संस्थागत विकास ,सवारी साधन र भौतिक निर्माणका लागी माग गरेको ५० लाख रकम आफुले प्रक्रियामा लैजाने मन्त्री यादवले बताए ।
खोला खन्दा विनास हुन्छ भन्ने धारणले खोलाको गिटी बालुवा निकाल्न नसक्दाँ खालोको स्तह बढेकोले खोला मर्मत गर्न टेन्डर हुन नसकेको उनले बताए ।
देशमा आर्थिक समस्या छ चिन्ताको विषय बन्दै गएको छ समाधान तर्फ कुनै ठोस कदम चालिएको अवस्था छैन उनले भने । गाउँ टेलमा एउटा मन्दिर निर्माण गराएर पर्यटनको विकास हुदैन मन्त्री यादवले भने ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडकाले विपत व्यवस्थापन गर्न हामी सुरक्षाका निकायहरुले पहिला नेपाल रेडक्रसलाई नै सम्झिने गरेको बताए । वागमती र लाल बकैया नदीको वहालले वर्षेनी धन जनको क्षति हुदै आएको उनले बताउदै निराकरण गर्न ठास कदम चाल्नु पर्ने आवश्कता रहेको प्रजिअ खडकाले बताए ।
गणतन्त्रमा नागरिकको अधिकार तथा आँकक्षा अनुरुप विकासको कार्य अघि बढाउन नसकेको कारण नागरिक दुःख पिडा भोग्दै आएको उनले आफनो अनुभव सुनाए ।
निर्माणधिन रहेको योजनालाई पुरा गर्नुको साटो नयाँ योजना ल्याई विकास गराएको अनुभुति हुन सकिदैन प्रजिअ खडकाले भने ।
आत्म हत्या १२६ , विपतमा २४ र करेन्ट लागेर २० जनाको मृत्यु भएको संख्याँ उनले बताउदै अन्यको तुलनामा विपतबाट थोरैको मृत्यु भएको उनले दावी गरेका थिए ।
हनुमान मन्दिर तिन तल्ले बनाएको छ तर नदी कटान भएकोलाई मर्मत गर्न जल उत्पन्न प्रकोप कार्यालयमा पैसा छैन वेहाल छ भन्दै उनले नागरिकलाई आवश्यकता हुने ठाउँमा राज्यले निति तथा नियम बनाउन प्रजिअ खडकाले अर्थ मन्त्रीलाई सुझाव दिए ।
सधै उपभोक्ता समितिद्धारा निर्माण कार्य गराउने आवश्यकता नभएको ठाउँमा बाटो बनाउन वजेट विनियोजन गर्ने तर टेन्डरद्धारा निर्माण कार्य गराउदाँ थोरै पैसामा निर्माण कार्य हुने भएकोले उदाहरण दिदै प्रजिअ खडकाले टेन्डर प्रक्रियाद्धारा नै विकास सम्भव रहेको बताए । आफु रौतहट आएको ७६ दिनमा जिप्रकाद्धारा हुने कार्यमा सेवाग्रहीलाई छिटो छरितो कार्य गरी दिने निर्देशन बमोजिम छिटो कार्य भइ रहेको प्रजिअ खडकाले भने ।
सोही अवसरमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य सपुत कार्की , जिल्ला समन्वय समितिका सभापति राम अयोध्य राय यादव ,सोसाइटीका पुर्व जिल्ला अध्यक्षद्धय मोहमद मजरुल हक , डा नन्द किशोर झा , देव प्रयाग गुप्ता , नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य शैलेन्द्र झा ,लगायतका वक्ताहरुले शुभकामना मन्त्यव्य राखेका थिए भने नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष राज किशोर प्रसाद यादव समिक्षात्मक मन्तव्य तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोसाइटीका मन्त्री धर्मेन्द्र प्रसाद सिहले प्रस्तावित कार्यक्रम तथा कोषाध्यक्ष राम अधार राय यादवले प्रस्तावित आय व्ययको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष राज किशोर प्रसाद यादवको अध्यक्षतामा आजिवन सदस्यहरु , सदस्यहरु लगायत राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अभिनय कुमार सिह ,नारायण दल रौतहटका प्रमुख लेखनाथ कटुवाल ,सशस्त्र प्रहरी वल नेपालका प्रमुख सन्तोष कुमार वस्नेत , जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख नेत्रमणी गिरी को उपस्थिति रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.