Take a fresh look at your lifestyle.
npa 9 suchana

सेवाग्राहीको भीड व्यवस्थापन गर्न आफैं नागरिकता वितरणमा सक्रिय सिडियो भुसाल, जनमुखी कार्यशैलीको व्यापक प्रशंसा

gadhimai nagar palika ko suchana
suchana gadhimai

सेवाग्राहीको भीड व्यवस्थापन गर्न आफैं नागरिकता वितरणमा सक्रिय सिडियो भुसाल, जनमुखी कार्यशैलीको व्यापक प्रशंसा
गौर, रौतहट ।
रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडियो) दिनेश सागर भुसालले सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न आफैं अग्रसर भई आफ्नै हातले नागरिकता वितरण गर्न थालेपछि उनको जनमुखी कार्यशैलीको चौतर्फी प्रशंसा भइरहेको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा दैनिक रूपमा नागरिकता बनाउन आउने सेवाग्राहीको भीड बढिरहेका बेला प्रमुख जिल्ला अधिकारी भुसाल आफैं सेवामा खटिँदा सेवाग्राहीले सहज, छिटो तथा प्रभावकारी सेवा पाएको अनुभव गरेका छन्। जिम्मेवार पदमा रहेर पनि नागरिकको समस्या नजिकबाट बुझ्ने र सेवा प्रवाहलाई सरल बनाउने उनको सक्रियता प्रशासनिक क्षेत्रमै सकारात्मक उदाहरणका रूपमा हेरिएको छ।
स्थानीयवासी तथा सेवाग्राहीहरूले सिडियो भुसालको कार्यशैलीलाई “जनताको बीचमा पुगेर सेवा दिने प्रशासन” को नमुना भन्दै प्रशंसा गरेका छन्। शासन र प्रशासन केवल कागजी प्रक्रियामा सीमित नभई जनताको भावना, आवश्यकता र समस्यासँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने लोकतान्त्रिक मूल्यमान्यतालाई उनले व्यवहारमा उतारेको नागरिकहरूको भनाइ छ।
“हाकिम भएर आदेश दिने मात्र होइन, सेवक भएर जनताको सेवा गर्नु नै वास्तविक जिम्मेवारी हो” भन्ने सन्देश दिनेश सागर भुसालको कार्यशैलीले दिएको भन्दै सामाजिक सञ्जालदेखि सार्वजनिक वृत्तसम्म सकारात्मक चर्चा भइरहेको छ।
यस्ता जनउत्तरदायी, कर्मशील तथा जिम्मेवार प्रशासकहरूले राज्यप्रति नागरिकको विश्वास बलियो बनाउने विश्वास व्यक्त गर्दै जिल्लावासीले सिडियो भुसालको सराहनीय कदमप्रति सम्मान तथा उच्च प्रशंसा व्यक्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय रौतहट, जिल्ला निर्वाचन कार्यालय रौतहट तथा अन्य सरकारी निकायबाट समेत सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको जनाइएको छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.