Take a fresh look at your lifestyle.
npa 9 suchana

नेपाल क्षयरोग निवारण संस्थाद्वारा राजदेवीमा क्षयरोग तथा एचआईभी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

नेपाल क्षयरोग निवारण संस्थाद्वारा राजदेवीमा क्षयरोग तथा एचआईभी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
रौतहट, गौर, २४ असार । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा रौतहट, गौरको आयोजनामा श्री नेमधारी बासुदेव नमूना माध्यमिक विद्यालय, राजदेवी नगरपालिका–७ मुडवलवाको सभाकक्षमा क्षयरोग तथा एचआईभी सम्बन्धी अभिमुखीकरण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा डा. कुमार आशुतोष यादवले क्षयरोग र एचआईभीका कारण, लक्षण, रोकथाम, समयमै परीक्षण तथा उपचारको महत्वबारे विस्तृत जानकारी गराउँदै सहभागीहरूको जिज्ञासाको समेत समाधान गर्नुभएको थियो।
विद्यालयका प्रधानाध्यापक श्री रविशंकर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय कोषाध्यक्ष श्री राजकिशोर प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी श्री जितेन्द्र यादव, श्री राम श्रेष्ठ यादव तथा श्री टेकनाथ खत्री तिवारी विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा उपस्थित वक्ताहरूले क्षयरोग र एचआईभीजस्ता रोगबारे सही जानकारी समुदायसम्म पुर्‍याउन विद्यालयस्तरबाटै जनचेतनामूलक अभियान सञ्चालन गर्नु आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
संस्थाका जिल्ला शाखा सचिव श्री हेमन्त राय यादवले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सम्पन्न भएको आयोजकले जनाएको छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.