Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रहरी ‘सेटिङ’ आरोपबीच रौतहट अदालत बाहिर पीडित पक्षको चर्को प्रदर्शन

gadhimai nagar palika ko suchana
suchana gadhimai

प्रहरी ‘सेटिङ’ आरोपबीच रौतहट अदालत बाहिर पीडित पक्षको चर्को प्रदर्शन
रौतहट, २१ वैशाख । कर्तव्य ज्यान मुद्दामा फरार रहेका अभियुक्त प्रहरीसँगको कथित ‘सेटिङ’ मा हाजिर भएको आरोपबीच जिल्ला अदालत रौतहट बाहिर आज पीडित पक्षले चर्को प्रदर्शन गरेका छन्।
अदालतमा थुनछेक बहस चलिरहेका बेला पीडित परिवार तथा स्थानीयवासीले न्याय सुनिश्चित गर्न दबाबस्वरूप अदालत परिसर बाहिर धर्ना दिएका हुन्। पीडित पक्षका अनुसार सामान्य विवादका क्रममा ६ जनाले मिलेर निर्घात कुटपिट गर्दा घाइते भएका ६५ वर्षीय शेख मतिनको उपचारका क्रममा मृत्यु भएको थियो।
घटना २०८१ साल चैत २१ गते परोहा नगरपालिका–२ मा भएको थियो। स्थानीय शेख फजले हक, शेख नथुनी, शेख जावेद, मासुम, शेख सकिल र शेख रोज महम्मदले कुटपिट गर्दा गम्भीर घाइते भएका मतिनलाई गरुडा, चन्द्रनिगाहपुर र वीरगञ्जमा उपचार गरिए पनि निको नभएपछि काठमाडौं लैजाने क्रममा चैत २३ गते मृत्यु भएको थियो।
मृतकका छोरा सदरे आलमका अनुसार घटनामा संलग्न ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरिएको थियो। फरार अभियुक्तमध्ये परोहा–१ का शेख रोज महम्मद इलाका प्रहरी कार्यालय गरुडाका प्रमुखसँग ‘सेटिङ’ गरी हाजिर भएको आरोप उनले लगाएका छन्।
सरकारी वकिल कार्यालयमार्फत अभियुक्तलाई अदालतमा पेश गरिएपछि थुनछेक बहसका क्रममा उनलाई कानुनी कठघेराबाट उम्किन नदिन दबाब दिन प्रदर्शन गर्नुपरेको आलमले बताए। उनले मिसिल कमजोर बनाउने प्रयाससमेत भएको आशंका व्यक्त गर्दै गाउँलेसहित अदालत अगाडि धर्ना दिइरहेको जानकारी दिए।
घटनाको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि सबै अभियुक्त कानुनी दायरामा नआएको भन्दै पीडित पक्षले असन्तुष्टि जनाएको छ। “हामीलाई न्याय मिल्नेमा अझै आशा छ,” आलमले भने, “सरकार बदलिएको अवस्थामा निष्पक्ष फैसला हुने विश्वासका साथ खबरदारी गर्न आएका

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.