Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रजिअ रेग्मीको मौखिक प्रतिवद्धतामा अनसनकारी फिर्ता

gadhimai nagar palika ko suchana
suchana gadhimai


,रौतहट, ८ फागुन ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको मौखिक प्रतिवद्धता अनुरुप आमरण अनसनकारीहरुले फिर्ता लिएका छन् ।
रौतहटको परोहा नगरपालिका वडा नम्वर ९ रामपुरखाप नाकामा छोटी भन्सार कार्यालय स्थापना संगै चार पाँङग्रे सवारी साधन निर्वाध रुपमा आवत जावत गर्न माग गर्दै स्थानीय तीन जनाले बुधवार विहान देखि आमरण अनसनमा बसेका थिए ।
हिजो राति प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पूर्वत ढंगबाट चार पाङग्रे सवारी साधन इन्ट्री गराएर जान पाउने मौखिक सहमती जनाएपछि आमरण अनसनकारीले फिर्ता लिएका हुन् ।
स्थानीय साहेब साह, जगतलाल यादव र मोहम्मद तजमुल हकले आमरण अनसनमा बसेको समाचार विभिन्न संचारमाध्यममा प्रकाशित भएपछि हिजो राति प्रमुख जिल्ला अधिकारी रेग्मी सहितको सुरक्षा निकायको टोलीले उक्त स्थानमा पुगेर आन्दोलनकारीको माग पुरा गरेपछि आमरण अनसन फिर्ता भएको उनीहरुले जानकारी दिए ।जनमत पार्टीका जिल्ला अध्यक्ष शेख जमसैदको पहलमा अनसनकारीले प्रजिअको प्रतिवद्धतामा विश्वास गरी अनसन तोडिएको थियो ।
आज विहीवार परोहा नगरपालिका वडा नम्वर ९ रामपुरखाप नाकाबाट गएको चार पाङग्रे सवारीलाई नेपाल तर्फबाट जान दिए पनि भारतीय सुरक्षाकर्मीले भारत प्रवेश नगराएको स्थानीयले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.