Take a fresh look at your lifestyle.
npa 9 suchana

नेपाल सिमाना सर्घष समिति रौतहटद्धारा आमरण अनसन शुरु

gadhimai nagar palika ko suchana
suchana gadhimai

नेपाल सिमाना सर्घष समिति रौतहटद्धारा आमरण अनसन शुरु
रौतहट ७ फागुन ।
नेपाल सिमाना सर्घष समिति द्धारा आज देखि आमरण अनसन शुरु गरेको छ । खाप छोटी भन्सार खुलाउन तथा चार पाङ्गरे सवारी साधान आवत जावत गर्न गराउनका लागी आज देखी नेपाल सिमाना सर्घष समिति परोहा नगर पालिका ९रामपुर खाप रौतहट निवासीहरुले आमरण अनसन शुरु गरेका छन । २००७ साल देखि स्थापना भएको रामपुर खाप छोटी भन्सारलाई माओवादीका जनयुद्धको बेला असुरक्षाको दृष्टिकोण देखाउदै भन्सार हटाइएको थियो । सो बेला भन्सार हटाइए पनि चार पाङ्गरे सवारी साधार संचालन मै नै थियो । २०७५ सालमा विश्व व्यापी कोरोनाको महामारी भए पछि भारत र नेपालको सबै सिमाना भन्द भएको स्थानीयले बताए । कोरोनाको महामारी समाप्त भए लगैत देशका प्राय सबै भारत सँग जोडिएको नेपालको नाका खुल्ला भए तर रामपुर खाप सिमाना बन्द नै रहयो । सिमा बन्द हुदाँ आवत जावत तथा बैबाहिक सम्बन्ध कठिनाई हुदै आएको अनसनकारीहरुले आज पत्रकार सम्मेलन गरी बताए । विगतमा क्यौ पटक जिल्ला प्रशासन कार्यालय , गौर भन्सार कार्यालय लगायतका निकायहरुमा ज्ञापन पत्र बुझाउदै आए पनि हाल सम्ममा सिमाना खुल्ला नभएपछि बाध्य भएर आमरण अनसन शुरु गरेको उनीहले बताए । जगत लाल यादव ,साहेव साह र शेख तजमुला हकले आज आमरण अनसनमा बसेका थिए । छोटी भन्सार कायम नहुदाँ यस भेगका व्यापारीहरुले विना भन्सारको समान ओहर दोहर गरी रहदाँ राजश्व चुहावट हुदै आएको अनसन कारीले बताए । आमरण अनसनकारी सँगै स्थानीयवासीहरुका सहभागिता रहेको थियो । जनमत पार्टीका जिल्ला अध्यक्ष शेख जमसैद , नेपाली काग्रेसका अन्जु झा , नेकपा माओवादीका अबदुलहा लगायतले अनसनमा एकवद्धता जनाउदै बसेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.