Take a fresh look at your lifestyle.
npa 9 suchana

१० करोड बजेटको कृषि कार्यक्रम रोक्का, काम अझै सुरु भएन ,

gadhimai nagar palika ko suchana
suchana gadhimai

१० करोड बजेटको कृषि कार्यक्रम रोक्का, काम अझै सुरु भएन
,रौतहट १७ बैशाख ।
कृषि ज्ञान केन्द्रका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीका अनुसार चालु आर्थिक वर्षका लागि कुल १० करोड रुपैयाँ बजेट विनियोजन गरिए पनि विभिन्न कार्यक्रमहरू हालसम्म कार्यान्वयनमा आउन सकेका छैनन्। कार्यक्रमहरू रोक्का अवस्थामा रहेकाले काम सुरु हुन नसकेको उनले बताएका छन्।
कृषि क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले वगर खेतीका लागि ७ लाख, तरकारी खेतीका लागि २० लाख, दाल उत्पादनका लागि २० लाख, हरुवा–चरुवा दलित लक्षित कार्यक्रमका लागि १० लाख बजेट छुट्याइएको छ। त्यसैगरी च्याउ प्रवर्द्धनमा ५ लाख, मौरी पालनमा १० लाख, मकै खेतीमा २० लाख, बीउ उत्पादनमा ४० लाख र केरा खेतीका लागि २५ लाख विनियोजन गरिएको छ।
यसका साथै माटो सुधार कार्यक्रमका लागि ३० लाख, कृषि भ्रमणका लागि ५ लाख, कृषि पाठशालाका लागि १५ लाख, धान प्रवर्द्धनका लागि ७५ लाख, मल वितरणमा ४५ लाख तथा सिँचाइ प्रवर्द्धनमा ८० लाख बजेट रहेको छ।
यद्यपि, यस्ता महत्वपूर्ण कार्यक्रमहरू रोक्का हुँदा किसानहरू प्रत्यक्ष मारमा पर्ने अवस्था देखिएको छ। बजेट कार्यान्वयनमा ढिलाइ हुँदा कृषि उत्पादनमा असर पर्ने र स्थानीय किसानको उत्साह घट्ने चिन्ता व्यक्त गरिएको छ।
सम्बन्धित निकायले छिटो निर्णय गरी कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता देखिएको छ, ताकि विनियोजित बजेट प्रभावकारी रूपमा उपयोग भई कृषि क्षेत्रको विकासमा टेवा पुग्न सकोस्।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.