Take a fresh look at your lifestyle.
npa 9 suchana

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ८१ लाख ५० हजार ठगी, मुख्य आरोपी पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ८१ लाख ५० हजार ठगी, मुख्य आरोपी पक्राउ

रौतहट । वैदेशिक रोजगारीमा पठाई राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभन देखाएर ८१ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २, बलाहा निवासी करिब ४० वर्षीय सहाबुदिन शेख रहेका छन्।

यमुनामाई गाउँ पालिकाको सुचना

प्रहरीका अनुसार सहाबुदिन शेखसहित चार जना व्यक्तिले शेख दरखसिद अनवरसमेत सात जनालाई वैदेशिक रोजगारीमा पठाइदिने र राम्रो आम्दानी हुने काममा लगाइदिने भन्दै झुटो आश्वासन दिएका थिए। उनीहरूले पीडितहरूलाई विश्वासमा पारी मोबाइल बैंकिङ तथा अन्य बैंकिङ कारोबारमार्फत जम्मा ८१ लाख ५० हजार रुपैयाँ ठगी गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएका थिए।

ठगीको घटनापछि फरार रहेका मुख्य आरोपी सहाबुदिन शेखलाई २०८३ साल असोज २७ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर १६, नयाँ बजारबाट पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका शेखमाथि घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

वैदेशिक रोजगारीमा आकर्षक आम्दानी हुने प्रलोभन देखाएर रकम असुल्ने घटनाले सर्वसाधारणलाई आर्थिक जोखिममा पार्ने गरेको छ। यस्तो अवस्थामा वैदेशिक रोजगारीका लागि रकम बुझाउनुअघि सम्बन्धित व्यक्ति तथा म्यानपावर कम्पनीको आधिकारिकता जाँच गर्न र आर्थिक कारोबारको प्रमाण सुरक्षित राख्न आवश्यक देखिन्छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.