Take a fresh look at your lifestyle.
npa 9 suchana

बज्जिका साहित्य शृंखला–१८ सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

बज्जिका साहित्य शृंखला–१८ सम्पन्न

यमुनामाई गाउँ पालिकाको सुचना

रौतहट । बज्जिका साहित्य संगम रौतहटको आयोजनामा बज्जिका साहित्य शृंखला–१८ अनलाइनमार्फत सम्पन्न भएको छ। संगमका अध्यक्ष किशुनदयाल श्रीकृष्णको सभापतित्व तथा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल, भारत र अमेरिकाबाट भाषासेवी तथा साहित्यकारहरूको सहभागिता रहेको थियो। प्रमुख अतिथि कुशवाहाले सहभागीहरूलाई स्वागत गर्दै ‘नुन रोटी’ शीर्षकमार्फत करिब चार दशकअघिको सरेहिया जलखईको स्मरण गरेका थिए।
कार्यक्रममा वैशालीबाट साधना कृष्णले ‘वैशाली महिमा’ शीर्षकमा गणतन्त्रको जननीभूमि वैशालीको महिमा प्रस्तुत गरिन्। पटनाबाट डा. विद्या चौधरीले भारतीय स्वतन्त्रता आन्दोलनमा बज्जिकाञ्चलको योगदान, खुदीराम बोसको सहादतदेखि महात्मा गान्धीले सञ्चालन गरेका आन्दोलनसम्मका विषयलाई समेटेर देशभक्तिपूर्ण र क्रान्तिकारी प्रस्तुति दिइन्।
सर्लाहीबाट चन्द्रशेखर रस्तोगीले ‘चाहे बोला हिन्दी’ शीर्षकको गीत प्रस्तुत गर्दै संसारको जुनसुकै कुनामा पुगे पनि मातृभाषा बज्जिकाप्रति गर्व गर्न आह्वान गरे।
सीतामढीबाट सुरेश वर्माले प्रकृतिको मौलिकता संरक्षणको सन्देश दिने मुक्तक तथा ‘कौर दू कौर’ कविता प्रस्तुत गरे। उनले विपन्न पिताको आफ्ना सन्तानप्रतिको स्नेह, समानता र त्यागको महत्त्वलाई कवितामार्फत उजागर गरे। कार्यक्रममा बिगन रौनियारले गजल प्रस्तुत गरे।
काठमाडौँबाट इन्द्रजीत सहनीले ‘हर बहेसे खर्ह खाए’ शीर्षकको कविता प्रस्तुत गर्दै श्रमिकले आफ्नो श्रमको उचित मूल्य नपाएको र श्रमको वास्तविक प्रतिफल अरूले लिइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। काठमाडौँकै सिद्धान्त चौधरीले ‘जन्म’ शीर्षकमा भगवान् श्रीकृष्णको जन्मसम्बन्धी कविता प्रस्तुत गर्दै कठिन जन्मलाई सार्थक बनाउनुपर्ने सन्देश दिए।
अर्जुनकुमार यादवले ‘जमाना’ शीर्षकको हास्यव्यङ्ग्यात्मक कविता प्रस्तुत गर्दै विभिन्न सामाजिक विकृतिलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरे। रूपेश रोदनले रक्षाबन्धन विषयमा गजल प्रस्तुत गरे भने कार्यक्रमका सञ्चालकसमेत रहेका संजय महतो राजले ‘शिव’ शीर्षकको कवितामार्फत भगवान् महादेवको व्यक्तित्व र महत्त्वबारे प्रकाश पारे।
अमेरिकाबाट विश्वराज अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै बज्जिका साहित्यका कार्यक्रममा आगामी दिनमा पनि निरन्तर सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वाचित सम्पूर्ण रचनाको समीक्षा सञ्जय साह मित्रले गरेका थिए। अन्त्यमा सभापति किशुनदयाल श्रीकृष्णले सहभागी सम्पूर्ण साहित्यकार तथा भाषासेवीप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.