Take a fresh look at your lifestyle.
npa 9 suchana

सामाजिक सञ्जालमा धारिलो हतियार बोकेको फोटो र आपत्तिजनक भिडियो पोस्ट गर्ने व्यक्ति पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

सामाजिक सञ्जालमा धारिलो हतियार बोकेको फोटो र आपत्तिजनक भिडियो पोस्ट गर्ने व्यक्ति पक्राउ
रौतहट, असोज २९ गते। सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार बोकेको फोटो तथा आपत्तिजनक भिडियो पोस्ट गरी समाजमा भय तथा त्रास सिर्जना गरेको आरोपमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट, गौरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका वडा नं. १ निवासी २२ वर्षीय श्याम कुमार महतो रहेका छन्।
महतोले सामाजिक सञ्जाल टिकटकमा ‘King Of Rautahat’, ‘Rautahat King Always On Top’ र ‘System Bhai’ लगायतका नामबाट धारिलो हतियार बोकेको फोटो तथा आपत्तिजनक, उत्तेजक र अराजक अभिव्यक्ति सार्वजनिक गर्दै आएको प्रहरीको भनाइ छ। उनका गतिविधिले समाजमा भय तथा त्रास सिर्जना गर्नुका साथै अशान्ति फैलाउने र शान्ति सुरक्षामा खलल पुर्‍याउन सक्ने देखिएपछि प्रहरीले निगरानी बढाएको थियो।
प्रहरीका अनुसार असोज २८ गते राति करिब ११ बजे गौर नगरपालिका वडा नं. ४ बाट उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ।
यसैगरी, नेपाल प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) मा जाँच गर्दा महतोको नाममा विगतका विभिन्न मितिमा चोरी, अभद्र व्यवहार तथा ज्यान मार्ने उद्योगलगायतका पाँचवटा मुद्दा चलेको देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको उल्लेख गरिएको छ।
नोट: पक्राउ पर्नु वा विगतमा मुद्दा चल्नु मात्रले कुनै व्यक्तिको कसुर प्रमाणित भएको मानिँदैन। घटनाको अन्तिम निष्कर्ष अनुसन्धान तथा कानुनी प्रक्रियाबाट तय हुनेछ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.