Take a fresh look at your lifestyle.
npa 9 suchana

निषेधज्ञालाई असोज १ गते देखि परिमार्जन

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ३० भाद्र ।
जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र रौतहटले साउन २४ गते देखि लागू गरिएको निषेधज्ञालाई असोज १ गते देखि परिमार्जन गरिएको छ ।
संक्रमितहरुको संख्या दिनानुदिन बढदै गई रहेकोे र संक्रमणको जोखिमको सम्भावना समेत उच्च रहेको तथा देनिक जनजिवनलाई थप कष्टकर हुननदिन परिमार्जन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
असोज १ देखि संचालन हुने सवारी साधनमा एम्बुलेन्स ,शव वाहन ,सामग्री ढुवानी वाहन ,निर्माण सामग्री ढुवानी साधन , कुखुराको चल्ला , पशुपक्षीको दाना ,पानी दुध ,इन्धन टयांकर ,फलफुल ,तरकारी बोकेको सवारी , झण्डा वाह सवारी ,कुटनितिक , निजी सवारी साधन र जिल्ला भित्र संचालन हुने यात्रु वाहक सार्वजनिक सवारी चलाउन पाउने निर्णय गरेको छ ।
यसै गरी सवै सरकारी कार्यालय तथा गैर सरकारी संघ संस्थाहरु ,सवै प्रकारका पसल व्यवसय , बैक तथा वितिय संस्थाहरु ,उधोग कल कारखाना तथा सेवा व्यवसायहरु खोल्नु पर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्धारा हस्ताक्षरित सुचना पत्रद्धारा जनाएको छ ।
त्यस्तै मठ ,मन्दिर , मस्जिद ,खेल मैदान , लगायतका कुनै पनि सार्वजनिक स्थलमा भेला जम्मा नहुने भिडभाड नगर्ने जिप्रकाले जनाएको छ । सवै प्रकारका सभा जुलुस ,लगायत सामुहिक रुपमा मनाइने सवै प्रकारका चाडपर्वहरु भेला जम्मा भई नगर्ने ,विद्यालय ,कालेज ,क्याम्पस ,पठन पाठन सिनेमाघर संचालन नगर्ने प्रजिअ यादवद्धारा हस्ताक्षरित पत्रमा जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.