![npa 9 suchana](http://rautahatdristy.com/wp-content/uploads/2019/05/suchana-npa.jpg)
![suchana gadhimai](http://rautahatdristy.com/wp-content/uploads/2019/05/gadhi-mai-npa-3.jpg)
, रौतहट ३० भाद्र ।
जिल्ला प्रशासन कार्यालय रौतहटले असोज १ गते देखि टोकन प्रणालीको आधारमा सेवा प्रवाह गरिने जनाएको छ । स्वास्थ्य मन्त्रालयको निर्धारित ,स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको पालना गरी गराई असोज १ गते देखि अर्को आदेश नभए सम्म जिप्रकाबाट स्थानीय तहगत रुपमा विहान १० वजे देखिवेलुका ५ वजे सम्म टोकन प्रणालीको आधारमा सेवा प्रवाह गर्ने जनाएको छ । आइतवारका दिन गौर , राजदेवी र माधवनारायण नगरपालिकाका स्थानीय वासीहरुको नयाँ नागरिकता ,प्रतिलिपी नागरिकता र राहदानी का सेवाहरु प्रवाह गर्ने जिप्रकाका प्रशासकीय अधिकृत किरण निधि तिवारीले बताए । यसै गरी सोमवारका दिन राजपुर र परोहा , मगलवार इशनाथ र यमुना माई ,बुधवार देवाही गोनाही र दुर्गा भगवती , विहीवार मौलापुर र कटहरिया ,शुक्रवार फतुवा विजयपुर र बौधीमाई का स्थानीयलाई नयाँ नागरिकता , प्रतिलिपी नागरिकता , राहदानीका सेवाहरु प्रवाह हुने अधिकृत तिवारीले बताए ।