Take a fresh look at your lifestyle.
npa 9 suchana

परिस्थितिको जिम्मेवार पनि सरकार नै हुने

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १३ असोज ।
कुशासन र भ्रष्टाचारलाई जरैदेखि उखेलेर सरकारलाई जनउत्तरदायी बनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि पटकपटक सत्याग्रह मार्फत् सरकारलाई दबावदिँदै आउनुभएका आदर्श व्यक्तित्व डा.गोविन्द केसीले आमरण अनशन बस्दै आउनुभएको विदितै छ ।
सरकारले उहाँको जायज मागहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता सहित सहमतिगर्ने तर कार्यान्वयनमा भने चरम उदासिनता देखाउँदै आएको पनि घाम जत्तिकै छर्लङ्ग छ ।
हाल डा. गोविन्द केसीले उठाउनु भएको दुर्गम भेगकाजनतालाई शिक्षा र स्वास्थ्यमा सहजपहुँच हुनुपर्छ भन्ने उहाँको माग सही र जनहितमा छ । त्यसैले राष्ट्रिय विद्यार्थी संघले उहाँको मागप्रति पूर्ण एक्यबद्धता व्यक्त गर्दछ ।
डा.गोविन्द केसी चिकित्सा शिक्षा क्षेत्रको एक असल, सादगी जीवनशैली सहित जनसमुदायको सेवामा समर्पित व्यक्तित्व हो । उहाँले हरेक दलको सरकारसँग निरपेक्ष ढंगले निरन्तर संघर्ष गरिरहनु भएको छ । उहाँमा दलगत स्वार्थ कहिँकतै देखिँदैन । हाल डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले बताउनुभएको छ । उहाँको मागहरु तत्काल सम्बोधन गर्दै जीवनरक्षा गर्न राष्ट्रिय विद्यार्थी संघ सरकारसँग जोडदार माग गर्दछ ।
डा.गोविन्द केसीको जीवनमा लाखौं जनसमुदायको आशा र भरोसा अडिएको छ । सरकारले डा.गोविन्द केसीको जीवनमाथि राजनीतिक अभिष्ट राख्दै खेलवाड नगरोस् । समय धेरै छैन । यदिएक सत्याग्रहीले सरकारको बेइमानीका कारण अनसनकै क्रममा जीवन गुमाउनु प¥यो भने त्यस पछिको परिस्थिति भयानक हुनेछ । उक्त परिस्थितिको जिम्मेवार पनि सरकार नै हुने चेतावनी दिन चाहन्छौं । परिस्थितिको जिम्मेवार पनि सरकार नै हुने
रौतहट १३ असोज ।
कुशासन र भ्रष्टाचारलाई जरैदेखि उखेलेर सरकारलाई जनउत्तरदायी बनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि पटकपटक सत्याग्रह मार्फत् सरकारलाई दबावदिँदै आउनुभएका आदर्श व्यक्तित्व डा.गोविन्द केसीले आमरण अनशन बस्दै आउनुभएको विदितै छ ।
सरकारले उहाँको जायज मागहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता सहित सहमतिगर्ने तर कार्यान्वयनमा भने चरम उदासिनता देखाउँदै आएको पनि घाम जत्तिकै छर्लङ्ग छ ।
हाल डा. गोविन्द केसीले उठाउनु भएको दुर्गम भेगकाजनतालाई शिक्षा र स्वास्थ्यमा सहजपहुँच हुनुपर्छ भन्ने उहाँको माग सही र जनहितमा छ । त्यसैले राष्ट्रिय विद्यार्थी संघले उहाँको मागप्रति पूर्ण एक्यबद्धता व्यक्त गर्दछ ।
डा.गोविन्द केसी चिकित्सा शिक्षा क्षेत्रको एक असल, सादगी जीवनशैली सहित जनसमुदायको सेवामा समर्पित व्यक्तित्व हो । उहाँले हरेक दलको सरकारसँग निरपेक्ष ढंगले निरन्तर संघर्ष गरिरहनु भएको छ । उहाँमा दलगत स्वार्थ कहिँकतै देखिँदैन । हाल डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले बताउनुभएको छ । उहाँको मागहरु तत्काल सम्बोधन गर्दै जीवनरक्षा गर्न राष्ट्रिय विद्यार्थी संघ सरकारसँग जोडदार माग गर्दछ ।
डा.गोविन्द केसीको जीवनमा लाखौं जनसमुदायको आशा र भरोसा अडिएको छ । सरकारले डा.गोविन्द केसीको जीवनमाथि राजनीतिक अभिष्ट राख्दै खेलवाड नगरोस् । समय धेरै छैन । यदिएक सत्याग्रहीले सरकारको बेइमानीका कारण अनसनकै क्रममा जीवन गुमाउनु प¥यो भने त्यस पछिको परिस्थिति भयानक हुनेछ । उक्त परिस्थितिको जिम्मेवार पनि सरकार नै हुने चेतावनी दिन चाहन्छौं । राष्ट्रिय विद्यार्थी संघका महासचिवरँजित निष्पक्ष

 

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.