Take a fresh look at your lifestyle.
npa 9 suchana

आर्थिक प्रलोभनमा दलित वस्तिको जग्गा विक्री भएको आरोप

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १० भदौ ।
जिल्लाका कठहरिया नगर पालिका वडा न १ भसेड्वाका वडा अध्यक्षले आर्थिक प्रलोभनमा परी १० बिग्हा एलानी जग्गा बिक्री गरेको बिरोधमा आज द्िलतहरुले गौर सदरमुकाममा जुलुस प्रर्द्शन गरेको छ । विपी चोक देखि शुरु गरिएको जुलुस नगर परिक्रमा गर्दै विभिन्न खाले नारा लगाएका थिए ।
२०२२ साल देखि बसोबास गर्दै आएको दलित बस्तिलाइ वडा अध्यक्ष भुपेन्द्र महतो कोइरी र वडा सचिब उमाशकर महतोको मिलोमतोमा सो जग्गा बिक्री गरेको आरोप लगाउदै जुलुस प्रर्दशन गरेको हो ।
सो जग्गामा बसोबास गर्ने ३ सय घर परिवार बिचल्लीमा परेको द्िलत नेता बटुक पासवानले बताए । २०८० साल जेठ २६ गते कनकपुर निबासी सेख मेराजुलको नाउँमा १० बिग्हा जग्गा बिक्री भएको आरोप दलितवस्तिका वासिन्दाहरुले लगाएका छन । सो वडामा ५३ बिग्हा जग्गा एलानी रहेकोे स्थानीयले बताए ।यस सम्बन्धमा वडा अध्यक्ष महतो तथा वडा सचिव महतो सँग सम्पर्क गर्दा जग्गाको चार किला प्रमाणित मात्र गरेको बताउदै आफुहरु माथि लगाइएको आरोप झुठा हो बताए । २०७० सालको लालपुर्जामा शेख मेराजुलको नाउँमा दर्ता रहेको उतm जग्गाको चार किला प्रमाणित गराउन आए पछि प्रमाणित गरिएको वडा अध्यक्ष महतोले बताए । सो जग्गा दलित वस्ति भन्दा वाहिर रहेको बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.