

कटहरियाको महिला स्वयंसेविका गाैरमा 

राैतहट ।राैतहटको कटहरिया नगरपालिकामा कार्यरत महिला स्वयसेविकाहरुले प्राेत्साहन भत्ता दिलाई दिन माग गरेका छन। नगरपालिकाको विभिन्न टोलमा कार्यरत महिला स्वयंसेवीकाहरुले जिल्ला प्रशासन कार्यालय गाैरमा ज्ञापनपत्र बुझाउदै विगत एक वर्षको भत्ता दिलाउन माग गरेका हुन । एक स्वयंसेविका गरिजा देवीका अनुसार पछिल्लो एक वर्ष देखि गरेका विभिन्न तालिमका भत्ताको साथै भिटामिन ए क्यापसुल खुवाएको भत्ता नपाएको गुनासो गरेका छन । जिल्ला प्रशासन कार्यालय राैतहटका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले पहल गर्ने बताएका छन । ४७ हजार ४ सय सबै ५६ जना महिला स्वयंसेविकाको बाकी रहेको एक जनाले बताए ।

