Take a fresh look at your lifestyle.
npa 9 suchana

निर्माण कार्यमा अनियमितता : बोर्ड नराख्ने, स्टिमेट विपरीत काम गर्ने र एउटै व्यक्ति बारम्बार उपभोक्ता समितिमा रहने प्रवृत्तिमाथि कारबाहीको माग

gadhimai nagar palika ko suchana
suchana gadhimai

निर्माण कार्यमा अनियमितता : बोर्ड नराख्ने, स्टिमेट विपरीत काम गर्ने र एउटै व्यक्ति बारम्बार उपभोक्ता समितिमा रहने प्रवृत्तिमाथि कारबाहीको माग
रौतहट , असार ९ – विभिन्न स्थानीय तहमा सञ्चालन हुने विकास निर्माणका काममा पारदर्शिता र सुशासनको अभाव देखिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
स्थानीयवासीहरूले निर्माण कार्य सञ्चालन गर्दा अनिवार्य रूपमा राख्नुपर्ने सूचना बोर्ड नराख्ने, स्वीकृत स्टिमेटअनुसार काम नगर्ने तथा उपभोक्ता समितिमा प्रत्यक्ष लाभान्वित व्यक्तिलाई समावेश नगर्ने प्रवृत्ति बढ्दै गएको गुनासो गरेका छन्।
त्यसैगरी, एउटै व्यक्ति वर्षौँदेखि पटक–पटक उपभोक्ता समितिमा रहने गरेको, जसले गर्दा नयाँ तथा वास्तविक लाभग्राहीहरू अवसरबाट वञ्चित हुने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ। यस्ता गतिविधिले विकास निर्माण कार्यको गुणस्तर, पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको उनीहरूको तर्क छ।
स्थानीयहरूले सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य सरोकारवाला निकायलाई यस्ता अनियमितताको छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।
विकास निर्माणका काममा पारदर्शिता, जनसहभागिता र कानुनी प्रक्रिया पालना भए मात्र सुशासनको प्रत्याभूति हुने भन्दै नागरिकहरूले अनुगमन र नियन्त्रणलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.