Take a fresh look at your lifestyle.
npa 9 suchana

२३औँ राष्ट्रिय धान दिवसमा अनुसन्धानात्मक धान रोपाइँ, जलवायुमैत्री खेतीमा जोड

gadhimai nagar palika ko suchana
suchana gadhimai

२३औँ राष्ट्रिय धान दिवसमा अनुसन्धानात्मक धान रोपाइँ, जलवायुमैत्री खेतीमा जोड
रौतहट, असार १५ – राजर्षि जनक विश्वविद्यालय अन्तर्गत पण्डित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पस, गौर–२ मा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उत्साहपूर्वक मनाइएको छ।
कार्यक्रममा क्याम्पस प्रमुख रामाशिष साह, उपप्राध्यापक देवेन्द्र प्रसाद यादव, लेखा प्रमुख अमेन्द्र यादव, प्रशासन प्रमुख उज्ज्वल झा, प्रादेशिक अस्पताल गौर व्यवस्थापन समितिका अध्यक्ष अवधेश यादव, सञ्चारकर्मी तथा क्याम्पसका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सो अवसरमा क्याम्पस प्रमुख रामाशिष साहले गंगा–१, गंगा–२ र सोना सुभर्णा जातका धान अनुसन्धानात्मक रूपमा रोपिएको जानकारी दिए। उनका अनुसार यी धानका जातहरू अत्यधिक पानीमा डुबान वा खडेरीको अवस्थामा पनि उत्पादनमा उल्लेख्य कमी नआउने विशेषता भएका जलवायु सहनशील जात हुन्। यस्ता उन्नत बीउको परीक्षण तथा प्रवर्द्धनले भविष्यमा किसानलाई जलवायु परिवर्तनबाट हुने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा धान खेतीमा आत्मनिर्भरता, आधुनिक कृषि प्रविधिको प्रयोग तथा जलवायुमैत्री खेती प्रणालीलाई प्रवर्द्धन गर्ने विषयमा समेत जोड दिइएको थियो। सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गर्दै राष्ट्रिय धान दिवसलाई उत्साहपूर्ण वातावरणमा मनाएका थिए।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.