Take a fresh look at your lifestyle.
npa 9 suchana

पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार

gadhimai nagar palika ko suchana
suchana gadhimai


सप्तरी असार ४ गते
इन्सेक प्रतिनिधि सप्तरीको पहलमा मानव सेवा आश्रम जनकपुरधामले आज मगलवार एक युवकलाई उद्धार गरेको छ ।
पाँच वर्षदेखि फलामे साङला (सिक्री)मा बाँधिएका मनोरोगी २५ वर्षीय प्रविनकुमार चौधरीलाई उपचार र स्याहारका लागि उद्धार गरी मानव सेवा आश्रम जनकपुरमा लगिएको हो ।
मानव सेवा आश्रमका सचिव सुमन बड्तौला, मधेस प्रदेश संयोजक विवेक महतो, सन्तोष थापा मगरको टोलीले चौधरीलाई उद्धार गरी लगेको इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले बताए ।
वि.सं. २०६९ सालमा हेटौँडाबाट शुरु गरेको आश्रमले अहिले देशका १९ जिल्लामा २४ केन्द्र स्थापना गरी सेवा गर्दै आएको छ । जसमा हाल १ हजार ७ सय बढी सहयोगापेक्षी व्यक्ति रहनु भएको आश्रमका सचिव बड्तौलाले जानकारी दिएका हुन ।
शम्भुनाथ नगरपालिका–७, भगवतपुरका प्रविनलाई उपचार खर्चको अभावमा घरमा फलामे साङला (सिक्री)ले बाँधेर राखिएको थियो । मधेश प्रदेशका पूर्व मन्त्री महेश यादव र इन्सेक प्रतिनिधि पोखरेलले फलामे सिक्री खोल्दै चौधरीलाई मुक्त गराएका हुन । उक्त अवसरमा वन तथा वातावरण राज्यमन्त्री रन्जु कुमारी मण्डल खंग, सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, एसपी गजु सिद्दी ब्रजाचार्य, उप अनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, वडा अध्यक्ष गोपालप्रसाद चौधरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर मेदिनीप्रसदा साह, रासस प्रतिनिधि नानीमैया कटवाल, प्रदेश मानव अधिकार समूहकी अध्यक्ष देबी माया भट्टराई, मानव अधिकार समूह शम्भुनाथका कोषाध्यक्ष शिवशंकर राम, इन्सेक सहजकर्ता अजय परियारलगायतको उपस्थिती रहेको थियो ।
मानसिक रोगी चौधरीलाई उपचारको लागि अस्पताल लगिएको भएपनि मोटो रकमको जोहो गर्न नसक्दा पुनः अस्पताल लान नसकिएको प्रविनकी आमा इश्वरीदेबीले बताइन् । इश्वरीले मनोरोगी छोरो गाउँ घरमा गइ उपद्रो मच्चाउने र छोरालाई समेत चोटपटक लाग्ने भएकोले बाध्य भएर ५ वर्षदेखि सिक्रीमा बाँधेर राख्नु परेको दूmखका साथ बताइन।
प्रविन १७ वर्षको हुँदा मानसिक रोगी भएको र जेठो छोरा रबिन पनि वेपत्ता भएको उनले बताइन । कान्छो छोरा सन्तोष भने बाल्यकाल देखि काठमाडांैमा ज्याला मजदुरी गर्दै आएका छन् । माहिलो छोरा मनोरोगी र जेठो छोरा वेपत्ता भएदेखि शोकमा डुबेका बुबा परशुराम चौधरीको २०७७ साल चैत २६ गते निधन भएपछि इश्वरीलाई आपतमाथि विपत आइलागेको सुनिल चौधरीले बताए । छोराहरुको शोक मै परशुरामको निधन भएपछि एकल भएकी इश्वरीलाई घर व्यवहार चलाउन समस्या परेको थियो ।
बाँधेकै स्थानमा शौच गर्ने प्रविनलाई आमाले नै नुहाउने, लुगा फेराउने, खाना खुवाउने गर्ने गरेका थिए । छोराकै लागि बाँच्नु परेको बताउदै इश्वरी छोराकै स्याहार गर्नुपर्दा बनीबुतो गर्न सम्म मुश्किल परेको समस्या बताइन् । माया लागेर एक पटक प्रविनको सिक्री खोल्दा उनी भागेको र एक गाउँलेलाई लाठीले हिर्काएर घाइते बनाएपछी बाध्य भएर २४ सैं घण्टा बाँधेर राख्नु परेको उनले बताए ।
स्वस्थ्य र फुर्तिलो छोराको उमेर १७ वर्ष लागेपछि अचानक मनोरोगीको समस्या देखिन थालेको जानकारी दिदै इश्वरीले उपचार गराउन असमर्थ भएपछि घरमै बाँधेर राख्नु परेको बताइन् । आफूले जन्म दिएको बच्चालाई पशुजस्तै सिक्रीले बाँधेर राख्नुपरेकोमा दुखेसो पोख्दै इश्वरीले भनीन्–“गरिब भएपछि आपूmले जन्माएको छोरालाई बाँधेर राख्नु परेको छ, पशु बरु चर्नका लागि बेलाबेलामा खोलिन्छन तर प्रविणलाई खोल्न सकिदैन ।”
सम्पतीको नाममा ३ धुरमा बनेको फुसको झुप्रो छ । सोही जग्गा पनि धितो राखेर गाउँकै एक बचत सहकारी संस्थाबाट इश्वरीले ऋण सापटी लिएका हुन । औषधि उपचार पाए छोराको रोग निको हुन्थ्यो की भन्ने आशमा रहेकी उनले छोराको उपचारका लागी सबैतिर सहयोग माँगेर थाकेकोले उपचारको पहल गर्न इन्सेक प्रतिनिधिसँग आग्रह गरेकी हुन । “इन्सेक प्रतिनिधिको घर गएर आग्रह गरेको केही दिन पछि उहाँ आएर छोराको अवस्था हेरेर जानु भएको थियो। अहिले छोरालाई उपचार र स्याहारका लागि लैजानु भयो ।” इश्वरीदेबीले भनीन् –“सबैले राम्रो अस्पतालमा लैजान सुझाव दिएका हुन् तर, मसँग पैसा अभावमा उपचार गराउन असमर्थ भएकाले छोरालाई घरमै सिक्रीले बाँधेर राख्न बाध्य थिए ।”
औषधि र मायाको साटो नियमित सिक्रीमा बाँधेर राखिएकोले पनि प्रविनको मनोरोगी जटिल बन्दै गएकोले तत्काल उपचार गराउन सके सुधार हुने भएकाले उद्धार गरिएको इन्सेक प्रतिनिधि पोखरेलले बताए।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.