

बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
रौतहट, १५ असार ।
रौतहटका सखुअवा र जयनगर चोकको विचमा यात्रुबाहक बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ भने १२ जना यात्रु घाइते भएका छन् ।
गौरबाट विरगंज तर्फ गईरहेका ना.७ खं ८४१४ नम्वरको यात्रुबाहक बस गौर चन्द्रपुर सडक खण्ड को सखुअवा जयनगर चोकको विचमा शनिवार विहान ७.४५ बजेको समयमा अनियन्त्रित भई सडकमै पल्टिदा माधवनारायण नगरपालिका वडा नम्वर ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन ।
दुर्घटनामा परेर १२ जना यात्रुहरु घाइते भएका छन । घाईतेहरु मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
गौर नपा १ का नरेश दासको २६ बर्षिया श्रीमती रन्जु देवी दास, निजको ५ बर्षिया छोरी शिवानी कुमारी दास, ३ बर्षिया छोरी सुहानी कुमारी दास, गौर १ कै मधुकुमारी दास, परोहा नपा ३ तेजापाकडका १६ बर्षिय देवन्सकुमार दास, भारत मधुबनी बासोपटी गोगीटोल ३ का ४७ बर्षिय अभिनाश झा, निजको श्रीमती निकी झा, सोही स्थानका ६५ बर्षिया सुधिरा झा, गौर नपा ४ का २६ बर्षिय राकेशप्रसाद चन्द्रवंशी, ६४ बर्षिय रामस्वरुप साह, रामदयाल साह, गौर नपा ७ का ४० बर्षिया मन्जु देवी साह सहितको उपचार ग्राण्डी अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटनाको खवर पाउना साथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट प्रहरी टोली खटेर घाइतेहरुको उद्धार गरेर स्थानीय अस्पतालमा उपचार भईरहेको रौतहट प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक एलिजा गरीले बताइन्् ।
रौतहट चन्द्रपुर नपा ८ मोतिपुरका ३९ बर्षिय बस चालक सहदेव चौधरीलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएका छन ।