Take a fresh look at your lifestyle.
npa 9 suchana

गढीमाई नगरपालिकाको राजस्व अनियमिततामा अख्तियारद्वारा भ्रष्टाचार मुद्दा, चार जनाविरुद्ध आरोपपत्र

gadhimai nagar palika ko suchana
suchana gadhimai

गढीमाई नगरपालिकाको राजस्व अनियमिततामा अख्तियारद्वारा भ्रष्टाचार मुद्दा, चार जनाविरुद्ध आरोपपत्र
,रौतहट, असार २३ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकामा नदीजन्य पदार्थ उत्खनन, संकलन, बिक्री तथा निकासीसँग सम्बन्धित ठेक्कामा भएको राजस्व अनियमितताको आरोपमा नगर प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा समनपुरस्थित बालुवा, गिट्टी र ग्राभेल उत्खननको ठेक्कामा सम्झौता बमोजिम दाखिला हुनुपर्ने रकम नउठाई तथा सम्झौताका सर्तविपरीत कार्य गरी नेपाल सरकार र गढीमाई नगरपालिकालाई रु. २ करोड ५७ लाख ६२ हजार बराबरको राजस्व नोक्सानी पुर्‍याइएको निष्कर्ष निकालिएको हो।
आयोगले नगर प्रमुख श्याम प्रसाद यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय तथा ठेकेदार कम्पनी भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रा.लि., बत्तीसपुतली, काठमाडौं र कम्पनीका तर्फबाट कार्य गर्ने राधेश्याम साह विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरेको जनाएको छ।
अनुसन्धानका क्रममा ठेकेदार कम्पनीले सम्झौताअनुसारको सम्पूर्ण रकम दाखिला नगरी उत्खनन तथा निकासी गरेको, नगरपालिकाका जिम्मेवार पदाधिकारीले समेत त्यसलाई स्वीकृति दिई सरकारी राजस्व चुहावट गराएको आरोप लगाइएको छ।
अख्तियारले प्रतिवादीहरूसँग बिगो असुल, जरिवाना तथा कानुनबमोजिम कैद सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.