
रौतहट–२ मा एमालेको पार्टी जागरण अभियान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
रौतहट–२ मा एमालेको पार्टी जागरण अभियान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


रौतहट–२ मा एमालेको पार्टी जागरण अभियान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
रौतहट । नेकपा (एमाले) रौतहट क्षेत्र नम्बर–२ मा पार्टी जागरण अभियान तथा विभिन्न महान् पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
क्षेत्रीय संयोजक कृष्णनन्दन रामको सभापतित्व तथा एमालेका केन्द्रीय सदस्य उपेन्द्र साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रदेशसभा सदस्य जयचन्द्र पटेलसहित क. जैध, जिल्ला अध्यक्ष शचिदानन्द साह, प्रदेश सदस्य म. अतिउल्लाह, मनोज यादव, पर्निया पटेल, कपिल अन्जुम, उपाध्यक्ष रुपेश पटेल र उपसचिव अवधेश यादवको उपस्थिति रहेको थियो।

त्यसैगरी जिल्ला सदस्यहरू, युवा नेता मराज आलम, सञ्जीव यादव, विजय यादव, नगर संयोजकलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा पार्टी जागरण अभियानलाई अगाडि बढाउने, संगठनलाई थप सक्रिय बनाउने तथा नेता–कार्यकर्ताबीच आपसी समन्वय र सहकार्यलाई सुदृढ गर्ने विषयमा छलफल भएको आयोजकले जनाएको छ।
विभिन्न महान् पर्वहरूको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमले आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी नेताहरूले पार्टीको संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउँदै स्थानीय तहमा पार्टीका गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
