Take a fresh look at your lifestyle.
npa 9 suchana

बाढीका कारण तीन जनाको मृत्यु एक जना वेपता अधिकाँस भाग जलमग्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

प्रस ,रौतहट, २९ असार ।
अविरल वर्षाका कारण आएको बाढीबाट रौतहटमा तीन जनाको मृत्यु भएको छ भने एक जना वेपता भएको छ । मृत्यु हुनेमा दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका ४० वर्षीय वीरेन्द्र मिश्र , गढीमाई नगरपालिका वडा नं.६ पकहा बखरीका ५० वर्षीय आनन्दी देवी यादव, ईशनाथ नगरपालिका वडा नं.३ का ४० वर्षीय रामपुकार राउत रहेका छन। गौर नगरपालिका वडा नं. ३ शिव मंगल राउत वेपता भएको हो । बाढी आएको वेला मिश्र आफनो घरबाट गाउँ तर्फ सुरक्षित स्थान रोज्न आई रहेको वेला बाटोमा आएको बाढीका वेगको कारण बगेर गएको स्थानीयले बताएका छन । प्रहरी तथा स्थानीयको सहयोगमा खोज तालस गर्दा आज दिउसो मिश्रको शव भेटेको छ । गढीमाई नगरपालिका वडा नं.६ पकहा बखरीका ५० वर्षीय आनन्दी देवी यादव दाउरा टिप्न गएको वेला वेपता भएको थियो । बेपता ३ जनाको शब आज भेटाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । चार दिन देखि लगातार परेको पानीका कारण आएको बाढीले रौतहटका अधिकाँस नगरपालिकाका वडाहरु डुबानमा परेको थियो । अधिकांश भाग अहिले पनि जलमग्न रहेको छ । रौतहटको पूर्वीक्षेत्रमा रहेको बागमती तथा पश्चिमी क्षेत्रमा रहेको लालबकैया नदीको बाँध ठाँउ ठाँउमा भत्काए पछि जिल्लाको जनजीवन अस्तव्यस्त भएको हो । तटबन्ध भत्केको ठाउँमा अस्थायी मर्मत गर्न बाँस, जाली तथा बोरासहित प्राविधिक टोली पठाइ सकिएको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाले जनाएको छ् । सदरमुकाम गौर सहित जिल्लाका अन्य स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत स्थानियहरु उद्धार कार्य जारी राखेका छन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.