

काठमाडौ २९ असार ं– बिहीबार देखि परेको अविरल वर्षाका कारण हाल सम्म ४८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहान सम्म २१ महिला र २७ पुरुष गरी ४८ जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ८ महिला र १६ पुरुष गरी जम्मा २४ जना वेपत्ता भएका छन् भने ११०४ जनाको जिवितै उद्दार गरिएको छ ।