Take a fresh look at your lifestyle.
npa 9 suchana

अख्तियारमा राजनीतिक नियुक्ति नरोकेसम्म भ्रष्टाचार नरोकिने – सुब्बा

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाडौं ११ साउन । नेकपाका सांसद विजय सुब्बाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक दलहरुले अंशवण्डा गरेर नियुक्त गरेका कारण भ्रष्टाचार मौलाएको बताए् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अख्तियार भन्ने शब्द नै हटाउनुपर्ने भने । आइतबार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामबारे छलफलका लागि आयोगका प्रमुख आयुक्त सहितका पदाधिकारीलाई छलफलमा बोलाएका थिए । बैठकमा सांसद सुब्बाले आफू छोरीले किस्तामा किनिदिएको मोटरसाइकल चढिरहेको बताउँदै सांसद, नेता, मन्त्री, कर्मचारीले कसरी कार चढिरहेका छन् उनले प्रश्न गरे । उनले अख्तियारले भ्रष्टाचारीलाई कारवाही गर्नेभन्दा पनि भ्रष्टाचार गर्नेलाई क्लिन चिट दिने, उनीहरुको बदमासीलाई लामो समयसम्म तामेलीमा राख्ने काम गरिरहेको आरोप लगाए । उनले भने, ‘अख्तियारमा राजनीतिक दलहरुले अंशबण्डा गरेजस्तो गरेर मान्छे राख्ने गरिएको छ ,राजनीतिक पार्टीका नेता जोगाउन । कहाँबाट अख्तियारले नेताहरुलाई समात्न सक्छ ?’ उनले साझा प्रकाशनको भ्रष्टहरुलाई कारवाहीका लागि अख्तियार धाउँदा पनि कारवाही हुन नसकेको भन्दै कहिले कारवाही हुन्छ प्रश्न गरे । उनले प्रश्न गरे, ‘के सुब्बा खरदारले मात्रै घुस खान्छन् ? मन्त्री सचिव न्यायाधीशले घुस खाँदैनन् ?’ सांसद सुब्बाले आयोगले तयार पारेको प्रतिवेदनमा सुधार गर्न पनि सुझाव दिए । उनले आयोगको समस्या र चुनौतीमा कारवाहीका लागि राजनीतिक दवाव पनि आउने गरेको भनेर राख्न सुझाव दिए । उनले भ्रष्टहरु चुनाव लड्ने गरेका कारण निर्वाचनमा बढी खर्च हुने गरेको र भ्रष्टाचार बढेको बताए । देशलाई बर्बाद बनाउने, भ्रष्टाचार गर्ने काममा ठेकेदार नै सांसद नै सक्रिय रहेको बताए । हामी नै त्यस्ता ठेकेदार सांसदको पक्षमा लागेपछि कसरी हुन्छ ? सरकारले कारवाही गर्न खोज्यो भने उनीहरुनै सरकारले कसरी हाम्रो विरुद्धमा काम गर्छ हामी पनि हेर्छौँ भनेर चुनौती दिने गरेका छन् ।’ सांसद सुब्बाले अख्तियारमा राजनीतिक नियुक्ति नरोकेसम्म भ्रष्टाचार नरोकिने बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.