Take a fresh look at your lifestyle.
npa 9 suchana

मौलापुर नगरपालिकामा निर्माण भएको नाला एक महिना नवित्दै भत्कयो ।

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १० साउन ।
मौलापुर नगरपालिकाका वडा न ६ मा निर्माण भएको नाला एक महिना नवित्दै नाला भत्केको छ । नगरपालिकाका पथराबुधराम टोलमा निर्माण भएको वकुवा नाला निर्माण समितिद्धारा कमसल नाला निर्माण भएकोले भत्केको जनता समाजवादी पार्टी युवा संघ प्रदेश २ का सदस्य तथा पथराबुधराम निवासी लखिन्द्र यादवले बताएका छन । नालामा बढी वालुवा कम सिमेन्ट राखी निर्माण गराई बढी नाफा कमाउने उदेश्यले वकुवा नाला निर्माण समितिका अध्यक्ष बबलु जयसवाल भन्ने विजय जयसवालले निर्माण गर्न लगाएको स्थानीय लखिन्द्र यादवले बताए । नाला चर्की भत्कन लाग्दा जयसवालले वाँसको सानो सानो टुक्रा काटी नालामा रोक लगाएको उनले बताए । ५ लाखको लागतमा बनेको नाला गत अषाढ महिनामा वजेट पचाउ अभियान अन्तर्गत नाला निर्माण भएको हो यादवले भने । ५७ मिटरमा ५ लाखको रकम प्राविधिकले विल बनाई प्रशासकीय अधिकृत सिकिन्द्र साह लेखा पाल सरोज दास , वडा अध्यक्ष उपेन्द्र जयसवालको संलग्नतामा अनियमितता गरेको जनता समाजवादी पार्टी युवा संघका प्रदेश २ का सदस्य यादवले बताए । नाला पुनः निर्माण गर्न उनले आग्रह गरेको छ । नाला पुनः निर्माण नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराउने समेत उनले चेतावनी दिएका छन । यस सम्बन्धमा वडा अध्यक्ष जयसवालसँग सम्पर्क गर्दा नाला निर्माण राम्रो भएको बताउदै उनले वर्षा भएको कारण माटो पुर्दा भत्केको स्वीकार गरेका छन । यसै गरी प्रशासकीय अधिकृत सिकिन्द्र साह संग सम्पर्क गर्दा नाला भत्केको थाहा नभएको तर भत्केको छ भने धरौटी रकम राखेको छु नाला मर्मत कार्य गराउने उनले बताए । आफूलाई कमसल कार्य गर्नेमा कुनै संलग्नता नभएको बताए । कमसल कार्य गर्नेलाई कार्यवाही गर्ने समेत अधिकृत साहले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.