Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहटमा ३५ जना कोरोना संक्रमित बढे

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २ साउन ।
रौतहटका विभिन्न गरपालिकाका वासिन्दामा मंगलबार ३५ जना कोरोना संक्रमित बढेका छन । १३ जना महिला सहित ३५ जनामा कोरोना संक्रमण थपिएका हुन । साउन ३० गते १ सय ५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ८० जनाको रिपोर्ट आउँदा गौर नगरपालिकाका वासिन्दामा २७ , माधवनारायण नगरपालिकाका ५ र गरुडा, कटहरीया र नेपाल प्रहरीका एक एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए । कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएको हो । संकलित स्वाब मध्ये ७० जनाको रिपोर्ट आउन बाँकी नै छ, गुप्ताले भने, संक्रमितहररुलाई व्यवस्थित आइसोलेसनमा राख्नुको सट्टा होम आइसोलेसनमा राख्न दिने भएकोले समुदायमा संक्रमण फैलने खतरा बढेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.