Take a fresh look at your lifestyle.
npa 9 suchana

कोभिड १९ को निरुत्साहित गर्न प्रमुख भुमिका रहने प्रजिअ यादव

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ३ भदौ ।
जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा आयोजित पत्रकार भेटघाट आज सम्पन्न भएको छ । जिप्रका रौतहटमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सो भेटघाट भएका छन । सो अवसरमा प्रजिअ यादवले पत्रकार र प्रशासनको भुमिका मिल्दो जुल्दो रहेकोले सुमधुर सम्बन्ध कायम राख्ने बताउदै उनले कोभिड १९ को निरुत्साहित गर्न प्रमुख भुमिका रहने बताए । जिल्लामा कोभिड १९ को संक्रमण बढदै गइ रहेकोले अस्पतालमा पिसीआर प्ररिक्षण विधिलाई अगाडी बढाउदै आइसोलेसन वेड निर्माण तर्फ बढी केन्द्रित रहेको बताए । कोभिड १९ को प्राथमिकतामा राखे पनि नियमित कार्य पुर्ण रुपमा संचालन नै राख्ने उनले बताए । सिमा सुरक्षा , तस्करी ,मानव ओसार पोसार , लागू औषधी तस्करी ,शान्ति सुरक्षा लगायतका कार्यहरुमा कुनै कमी आउन नदिने उनले भने ।पत्रकारहरुले सोधिएको प्रश्नमा उनले लकडाउन रहे सम्म सिमा नाका बन्द रहने उनले स्पष्ट पारे । भारतमा कोभिड १९ को प्रकोप बढी रहेकोले सिमा नाका खुला भए झन अप्ठयारो हुने उनले बताए । किसानहरुलाई आफनो प्रयोगका लागी केही मात्रामा मल ल्याउन सहमति भए पनि सो को दुरुपयोग हुने अवस्था रहेको आशंका व्यतm गरेका थिए । कानुनी रुपमा भारतबाट अवैध तरिकाले ल्याउने कार्य बन्द रहने बताए । जिल्लाका वन्जरहा , औरैया , लक्ष्मीपुर वेलविक्षवा , वकुल ,जटहरा ,महादेवपर्टी लगायतका नाकाहरुबाट दैनिक आवत जावत रहेको र भारती सामग्री अवैध तरिकाबाट नेपाल भित्री रहेको संचारकर्मीले गुनासो गरेका थिए । आवत जावतले कोभिड १९ फैल्ने सम्भावना रहेको अवगत गराएका थिए । टिकुलीया लाल बकैया र वागमतीका पुल निर्माणधिन रहेकोले पुल निर्माण गर्न समेत पहल गर्न संचारकमीृले आग्रह गरेका थिए । श्रीराम सुगर मिल्ल वन्द भएकोले हजारौ रोजगार वेरोजगार भएको अवगत गराउदै रोजगारीको कार्यलाई निरन्तरता दिन समेत आग्रह गरिएको थियो । जिल्लामा अवैध क्रसर उधोग संचालनमा रहेको र कतिपय मापदण्ड पिवरित संचालन गरी नदीलाई दोहन गर्दै आएकोले अविलम्ब रोक्न सुझाव समेत आएको थियो । कोभिड १९ सक्रमितलाई आफनो घरमै आइसोलेट हुन गरेको निर्णयले समाजबाट अपहेलित लगायत कयौ कठिनाईको सामना गर्नु परेकोले सार्वजनिक आइसोलेसनमा राख्न संचारकर्मीले आग्रह गरेका थिए । जिल्लाका अधिकाँस पत्रकारहरु भेटघाटमा उपस्थित रहेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.