Take a fresh look at your lifestyle.
npa 9 suchana

पुजारीलाई गोली हानी हत्या

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ४ भदौ ।
मन्दिरको पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधवार राति करिव ९ः१५ बजेको समयमा माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरिएको छ । मन्दिर परिसरमा खाना खाइरहेको अवस्थामा पुजारी साहलाई अज्ञात समूहले गोली हानी फरार भएको प्रहरीले जनाएको छ । सो समूहको गोली प्रहारबाट पुजारी साहको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । गोली प्रहार गर्ने समुहको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले बताए । पुजारी साहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको र घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.