Take a fresh look at your lifestyle.
npa 9 suchana

भिडभाड नगरि सुरक्षित तरिकाले चाड पर्व मनाउन अनुरोध

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ४ भदौ ।
हरितालिका तिज लगायत अन्य पर्व पनि घर बाहिर मनाउन नपाउने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्ला सुरक्षा समिति रौतहटको बैठकले यस बर्षको तिज , गणेश चौथी , ऋषि पञ्चमी र इस्लाम धर्मालम्बीहरुले मनाउने ताजिया पर्व घर भित्रै भिडभाड नगरि मनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै भिडभाड गरेमा भयवाह स्थिति आउन सक्ने भएकाले भिडभाड नगरि सुरक्षित तरिकाले चाड पर्व मनाउन अनुरोध गरेको छ । प्रशासनको आग्रहलाई अटेर गरी घर बाहिर भिडभाड गरेको पाइएमा संक्रमक रोग ऐन २०२० बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकिय अधिकृत किरण निधि तिवारीले बताए् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.