Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रदेश सरकारबाट आएको राहत वितरण नहुदाँ कुहिएर गनाउने थाले

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २२ भाद्र ।
प्रदेश सरकारबाट आएको राहत अहिले सम्म वितरण नहुदाँ कुहिएर गनाउने थालेका छन । प्रदेश न २ बाट आएको राहत घरेलु तथा साना उधोग गौरले बौधीमाई नगरपालिकामा राहत बुझाका थिए । नगर पालिकाले विभिन्न वडा कार्यालयमा राहतको पैकेज पठाए पनि वडा न ६ पिपरियामा राहत वितरण नहुदाँ कुहिएको नेकपाका नेता जमिल अख्तर देवानले बताएका छन । गरिव, दलित , अपाङ्ग लगायतलाई राहत दिनु पर्नेमा वडा अध्यक्ष हृदय नारायण यादवले धनी वर्गलाई राहत दिने मनसाय बनाएको कारण राहत वितरणमा झडप भएको उनले बताए । झडप पश्चात राहत वडा कार्यालयमा राखिएकोले कुहिएर गनाउने गरेको नेता अख्तरले बताए । वडा कार्यालय हुदै गएमा गनाउनेले नाक थुनेर जानु पर्ने अवस्था रहेको उनले बताए । बौधीमाई नगर पालिकाबाट आएको राहत धनी वर्गलाई वितरण गरेको आरोप उनले लगाए । धनी वर्गलाई राहत वितरण भए पछि सर्व दलिय बैठक वसी वाँकी रहेको २ सय परिवारलाई अझ राहत वितरण गर्न सुझाए दिएको थियो । २ सय परिवारलाई नपुग्ने भएको कारण राहत वितरणमा समस्या आएको बताइएको छ । प्रदेश सरकारबाट ६५ वटा राहत पैकेट वडा न ६ मा उपलक्ध रहेको छ । यस सम्बन्धमा वडा अध्यक्ष हृदय नारायण यादवसँग सम्पर्क गर्दा राहत वितरणमा झै झगडा हुने गरेकोले राहत पैकेट वडा कार्यालयमा राखिएको उनले स्वीकार गरेका छन । गरिव दलित लाई राहत वितरण गर्न खोज्दा वितरण गर्न केही राजनैतिक दलले अवरोध खडा गर्ने गरेको वडा अध्यक्ष यादवले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.