

, रौतहट २३ भाद्र ।
प्रहरी ईकाईहरुबाट विभिन्न स्थानमा खटिएको प्रहरी गस्ती टोलीले दुई लाख तिरचालीस हजार पाँच सय पच्चीस रुपैया वरावरको सर समानहरु पक्राउ गरी भन्सार चलान गरेको छ ।
काजु, किसमिस, सौफी रक्सी, विभिन्न कपडाहरु, हार्ड वेयरका सर सामानहरु लगायत अन्य सर सामानहरु वेवारिसे अवस्थामा बरामद गरेको समानहरु भन्सार चलान गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको गस्ती टोलीले गौर नगरपालकिका वडा नं.२ राईस मिल नजिक चेकजाँच गर्ने क्रममा चन्द्रपुर नगरपालिका वडा नं.५ देउराली वस्ने मुनी मियाँले भारतबाट भन्सार छली नेपाल भित्र्याई ल्याउदै गरेको कपडा पक्राउ गरेको थियो ।
जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत हिजो र अस्ति प्रहरी ईकाईहरुबाट विभिन्न स्थानमा खटिएको प्रहरी गस्ती टोलीले उतm मूल्य वरावरको समानहरु वरामद गरेको थियो ।