Take a fresh look at your lifestyle.
npa 9 suchana

बाघको आक्रमणबाट एकको मृत्यु ,दुई जना घाइते

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १४ असोज ।
बाघको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रपुर ६ का २७ वर्षीय संगम भण्डारी रहेको छ । घाँस लिन गएका भण्डारी घर नफर्के पछि खोजीगर्दा शव फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए । भण्डारीको कम्मर भन्दा तलको भाग बाघले खाएको अवस्थामा जंगलमा फेला परेको डीएसपी शाहीले बताए । बाघको आक्रमणबाट घाइते हुनेमा चन्द्रपुर ६ का २८ बर्षिय अशोक थापा , ३५ बर्षिय प्रबिण श्रेष्ठ रहेका छन । उनीहरुको पाखुरा, छाती, हातमा चोट लागेको छ । मृतक भण्डारी जंगलमा हराएपछि गाँउका युवाहरु मंगलबार राति खोज्न गएका थिए । खोज्न गएका युवाहरुलाइ सतेरी जंगलको तीनकुवा बन क्षेत्रमा बांघले आक्रमण गरेको थियो ।
बांघले आक्रमण गरेपछि उनीहरुले खाल्टोमा हाम्फालेर ज्यान बचाएको बताएका छन । घाईतेहरुको उपचार चन्द्रपुर हस्पिटल प्रा.ली मा भईरहेको प्रहरीले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.