Take a fresh look at your lifestyle.
npa 9 suchana

जुद्ध माध्यमिक विधालय गौरका नवनिर्मित भवन लागू औषध सेवनको स्थल बन्दै

gadhimai nagar palika ko suchana
suchana gadhimai


दिनेश साह , रौतहट १४ भाद्र ।
श्री जुद्ध माध्यमिक विधालय गौरका नवनिर्मित भवन अहिले नशालू पदार्थ तथा लागू औषध सेवनको स्थल बन्दै गएको छ । प्रदेश न २ सरकारको आर्थिक सहयोगमा निर्माण भएको छात्रा आवास भवनमा अहिले विहान देखि राति १० वजे सम्म नशालू पदार्थ तथा लागू औषध सेवन गर्नेको भिड हुने गरेको हो । आइतवार राति ८ वजे तिर लागू औषध सेवन गर्नेको भिड लागे पछि पत्रकार चञचल झाले जिल्ला प्रहरी कार्यालय गौरमा फोन गरी घटनाको अवगत गराए पछि लागू औषध सेवन गर्नेहरुको भगाभाग भएको थियो । प्रहरी टोली समयमा नआएकोले समाजमा विकृति फैलाउने तत्वहरु भाग्न सफल भएको पत्रकार झाले बताए । गौर नगर पालिकाका वडा न २ का वडा अध्यक्ष राकेश कुमार झाले छात्रा आवास भवनमा प्रहरीको निगरानी गराउने बताए । विगत केही वर्ष देखि जुद्ध माध्यमिक विधालय गौरका आवास भवनमा अध्ययन गर्ने छात्र छात्राहरु बस्न छाडेका कारण लागू औषध सेवन गर्नेको स्थल बन्दै गएको नेपाल पत्रकार महासघ प्रदेश न २ का सदस्य शैलेन्द्र झाले बताए । भारतीय दूता वासको आर्थिक सहयोगमा बन्न लागेको भवन क्यौ बर्ष बिति सक्दा पनि निर्माण हुन नसकेकोले सुनसान ठाउँ देखेर लागू औषध सेवन गर्नेहरुको जम्घट हुने गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.