Take a fresh look at your lifestyle.
npa 9 suchana

‘आइटी आर्मी’कोे प्रदेश २ मा सक्रियता बढदै

gadhimai nagar palika ko suchana
suchana gadhimai


शैलेन्द्र झा , रौतहट १५ भदौ ।
‘आइटी आर्मी’ले पछिल्लो समयमा प्रदेश २ मा आफ्नो सक्रियता बढाउँदै लगेको छ । गत साउनको ५ गतेका दिन चन्द्रभुषण साहको संयोजकत्वमा १५१ सदस्यीय ‘आइटी आर्मी’ केन्द्रीय समिति गठन गरिएको थियो। आइटी आर्मीका संयोजक चन्द्रभुषण साह नेता प्रभु साह निकट युवा हुन ्। पूवमन्त्रीसमेत रहेका प्रभु साहले समृद्ध र सफल नेपाल निर्माण गर्न आइटी आर्मीको स्थापना गरिएको बताएका छन । ‘सूचना प्रविधिमा जनताको पहुँच, परिवर्तन, समृद्धी र सफल नेपाल निर्माण गर्ने उद्देश्यले आइटी आर्मीको स्थापना गरिएको उनले बताएका छन । हालसम्म प्रदेश २ को धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा र पर्सा रौतहट जिल्लामा संगठनको जिल्ला कमिटी गठन गरिएको आइटी आर्मीका संयोजक साहले बताए। पछिल्लो समय संगठनले मधेशका जिल्लाहरुमा मोटरसाइकल –र्यालीसहित नाराजुलुश गर्न थालेको छ। अहिलेसम्म ६ वटा जिल्लामा संगठन विस्तारसँगै मोटरसाइकल जुलुस गरिसकिएको संयोजक साहले जानकारी दिएका छन । ‘बारा, पर्सा, रौतहट र सर्लाहीका कतिपय स्थानीय तहका वडा कमिटी गठन गरेका छौँ,’ संयोजक साहले भनेका छन । ‘प्रदेश २ को सिरहा र सप्तरी जिल्लामा चाँडै आइटी आर्मी गठन गर्ने हाम्रो तयारी रहेको बताए । साहका अनुसार संगठनले सूचना प्रविधिको बलमा समाजको रुपान्तरण गर्दै देशलाई अग्रगमनको दिशा दिने छ । समाजवादको आधार खडा गर्दै सामाजिक न्याय, नयाँ संस्कृति निर्माण, समाजमा विद्यमान विकृति विसंगतीको उजागर, भ्रष्टाचार र कुशासनको अन्त्य गर्ने उद्देश्य संगठनले लिएको छ। अन्य जिल्लाको तुलनामा प्रभु साहको गृह जिल्ला रौतहटमा आइटी आर्मीको बढी चहलपहल छ । साहले रौतहटका विभिन्न स्थानीय तहमा संगठन विस्तार र मोटरसाइकल –र्याली गरिसकेका छन्। नेकपा (एमाले) बाट विभाजति भएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधव नेपालको पनि गृह जिल्ला रौतहट हो। माधव नेपाल पक्षलाई कमजोर पार्न रौतहटमा साहले बढी चहलपहल गरिरहेका जानकारहरु बताउँछन्। आईटी आर्मीले साइबरसेनाले जस्तो प्रापोगाण्डा नगर्ने संयोजक साहको दावी छ । ‘आईटी आर्मी सुशासन, न्याय, समानताको लागि लड्ने स्वतन्त्र संगठन हो। हामी साइबर सेना जस्ता होइनौँ। अन्य विचारका युवाहरु पनि यसमा आवद्ध हुन सक्छन्,’ उनले भने। मोटरसाइकल –र्यालीको मूल उद्देश्य शक्ति प्रदर्शन नभइ समाजमा जागरण ल्याउनु रहेको संयोजक साहको तर्क छ । ‘मोटरसाइकल –र्याली जनजागरणका लागि हो। र्यालीमा हामी २०–२५ वटा नारा घन्काउँछौं, ती सबैले समाज परिवर्तनको उद्देश्य बोकेका छन्,’ उनले भने, ‘हामी युवाहरुलाई सूचित गरिरहेका छौं। भ्रष्टाचार विरुद्ध तपाईं सचेत हुन, जागरुक हुन, एकतावद्ध र गोलबन्द हुन जरुरी छ भन्ने अपिल गरिरहेका छौँ।’ उनले प्रदेश २ पछि अब सुदुर पश्चिम प्रदेश हुँदै देशभर नै आइटी आर्मीको संगठन विस्तार गरिने बताए।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.