Take a fresh look at your lifestyle.
npa 9 suchana

श्री छाया अपाँगता अध्ययन केन्द्र भवनको उदघाटन

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ६ मंसिर ।
श्री छाया अपाँगता अध्ययन केन्द्रको भवन आज परोहा नगर पालिकाका मेयर शेख वकिलले उदघाटन गरेका छन । उदघाटन समारोहलाई सम्बोधन गर्दै मेयर वकिलले परोहा नगर पालिकाका भेडियाही टोलमा अपाँगता भएका विद्यार्थीलाई अध्ययन गर्नका सुनोलौ अवसर प्राप्त भएको बताए । रौतहट जिल्लाका कुनै ठाउँमा अपाँगता भएको वाल बालिकालाई अध्ययन गराउने विद्यालय नभएको अवस्थामा आज परोहा नगर पालिकामा शुरु भएको प्रति हर्षित छु बताए । यस विद्यालयमा छात्रा छात्र अवास सहित अध्ययन गराउने भवन बनेको बताए । अपागता भएका बाल बालिकालाई यस बिद्यलयमा नमाकन गर्न अपिल समेत नगरवासी समक्ष गरे । अध्ययन केन्द्रमा अपाङ्गता भएका बाल बालिकालाई अध्यापन गराउन अवसर प्राप्त भएको उनले बताए । दुई तिन भित्रमा अध्ययन अध्यापन शुरु हुने बताए । अपाङ्गता भएको बाल बालिकाले केही गर्न नसकिने जुन उपेक्षित रहेको थियो । उनहिरुको मनोबल उच्च पार्न तथा सफल जिवन बनाउन यस केन्द्रको स्थापना भएको मेयर वकिलले बताए ।
रेड च्यारिटी , नमस्ते फाउन्डेसन ,छाया लिक्टेन्स्टाइन,कार्नेभाली फाउन्डेसन , छाया अष्ट्रिया तथा परोहा नगरपालिकाको आर्थिक सहयोग एवं छाया नेपालको कार्यान्वयन साथै राष्ट्रिय अपाङ्ग कल्याण संघ नेपाल रौतहटको सहकार्यमा भवन निर्माण भएको हो । ३० लाखमा ३ कठा जग्गा खरिद गरी ५७ लाखमा भवन निर्माण भएको संघले जनाएको छ । सो अवसरमा छाया अष्ट्रियाका प्रमुख समिने क्लोत्ज ,, ं छाया नेपालका कार्यकारी निर्देशक कमल थापा ,नेपाली काग्रेस २ ख का सभापति रामबाबु पटेल ,परोहा नगर पालिकाका नेकपाका अध्यक्ष श्यामबालक पटेल , नेपाली काग्रेस तरुल दलका नेता शेख जुमाई ,नेपाली काग्रस परोहाका उपसभापति प्रबुध अन्सारी लगायतका वतmाहरुले आ आफनो सुझाव तथा सल्लाह दिएका थिए । राष्ट्रिय अपाङ्ग कल्याण संघ नेपालका अध्यक्ष राजेश साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.