, रौतहट २ फागुन ।
यमुना माई गाउँ पालिकाका वडा न ४ मा ग्याँस चुल्लो वितरणको विरोधमा आज स्थानीयवासीले गाउँ पालिका कार्यालय घेराउ गरी तोडफोड गरेका छन ।
यमुना माई गाउँ पालिकाका वडा न ४ सरुअठा टोलमा वितरण भएको ग्याँस चुल्लोमा अनियमितता भएको भन्दै आज वडा न ४ सरुअठाका वासिन्दाहरुले घेराउ गदै विभिन्न किसिमका नारा लगाएका थिए । यमुना माई गाउँ पालिकाका प्रशासकीय अधिकृत रामश्रेष्ठ यादवसँग सम्पर्क गर्दा प्रत्येक वडालाई ग्याँस चुल्लो वितरण गर्न जिम्मेवारी वडा अध्यक्षले लिएको थियो ।
ग्याँस चुल्लोको वितरणमा कुनै कमी कमजोरी नरहेको उनले बताए । घरधुरी धेरै रहेको तर ग्याँस चुल्लो थोरै रहेकोले नपुग वासिन्दाले आक्रोस पोखेको यादवले बताए ।
वडा स्तरिय वितरण भए पनि गाउँ पालिकाको कार्यालय घेराउ तथा तोडफोड गर्नु कुनै औचित्य नरहेको प्रशासकीय अधिकृत यादवले बताए । गाउँ पालिकाका केही कुर्सीहरु तोडफोड गर्दा सुरक्षाकर्मीद्धारा आन्दोलनकर्मीहरुलाई नियन्त्रणमा लिएको थियो ।
वडा अध्यक्ष अश्वनी कुमार यादवसँग सम्पर्क गर्दा आफु निस्पक्ष रुपले ग्याँस चुल्लो वितरण गरेको दावी गरे । पहिलो चरणमा ८ सय र दोस्रो चरणमा ३५० ग्याँस चुल्लो वितरण भएको हो ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments