Take a fresh look at your lifestyle.
npa 9 suchana

शहिदले बगाएको रगतबाट सक्तामा पुगेकाहरुले शहिदको खिल्ली उडाइरहेको – नेता शाह

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट २ फागुन ।
शहरी विकास मन्त्रालयका पुर्व मन्त्री एवं नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रभु साहले शहिदले बगाएको रगतबाट सक्तामा पुगेकाहरुले शहिदको खिल्ली उडाइरहेको आरोप लगाएका छन ।
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ विजयपुरमा शहिद मनरूप महतो स्मृति भवन तथा शहीद मनरुप स्मृति पार्कको उद्धघाटनसँगै सम्बोधन गदै उतm आरोप लगाएका हुन ।
देशमा परिवर्तनका लागि भएको विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेका विर शहिदको बलिदानीकै बलमा सत्तामा पुग्नेहरुले पटक पटक शहिदलाई अपमान गर्ने काम गर्दै आएको उनले बताए ।
शहिदको बलिदानीकै बलमा देशमा अहिले आमुल परिवर्तन भएकोले शहिदका परिवारलाई सधै सम्मान र आदर गर्नुपर्ने उनले भने ।
जनयुद्ध दिवसको अवसर पारेर नेता साहले उदघाटन गरेसँगै आइतवार देखि नै उक्त भवन तथा पार्क सञ्चालनमा आएको छ ।
फतुवा विजयपुर नगरपालिकाको विजयपुरमा स्मृति भवन निर्माण भई सञ्चालन भएको छ भने सोही नगरपालिकाको भैसहीमा उक्त पार्क सञ्चालनमा आएको हो ।
जनयुद्धमा शहादत प्राप्त गरेका मनरुप महतोको सम्झनामा एमाले नेता प्रभु साहले उनकै नामबाट स्मृति भवन तथा पार्कको निर्माण गरी उद्घघाटन समेत गरेका छन् ।
फतुवा विजयपुर नगरपालिका र विभिन्न दातृ निकायको करोडौंको लागतमा निर्माण भएको १४ कोठे दुई तले भवन आइतवार देखि सर्वसाधारणको विवाह, ब्रतबन्ध आदि कार्यका लागि खुल्ला गरिएको छ ।
यसैविच सोही कार्यक्रममा पुर्व मन्त्री एवं एमाले नेता प्रभु साहले ५१ जना शहिद तथा वेपत्ता भएका परिवारलाई सम्मान गरेका छन् ।
जनयुद्ध दिवसको अवसरमा आयोजित शहिद मनरुप महतो स्मृति भवन तथा पार्क उदघाटन कार्यक्रममा प्रमुख अतिथिको हैसियतबाट नेता साहले जनयुद्धको क्रममा शहिद तथा वेपत्ता भएका परिवारहरुलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
जनयुद्ध शहिद पत्नी एवं फतुवा विजयपुर नगरपालिकाकि उपमेयर कान्ति देवी महतोको अगुवाईमा भैंसहीको सहिद मनरुप स्मृति पार्क र विजयपुरको सहिद मनरुप स्मृति सभा भवन निर्माण भएको छ ।
दुई विघा जग्गामा निर्माण भएको पार्क आधुनिक डिजाइनका साथ निर्माण गरिएको छ । जिल्लामै एउटा उत्कृष्ट पार्कको रुपमा रहेको उक्त पार्कलाई अझै मोडिफाइड गर्दै अन्तरास्ट्रिय स्तरको बनाइनेछ । त्यस्तै सहिद मनरुप महतोकै नाममा निर्मित स्मृति भवनको भुई तलामा अत्याधुनिक डिजाइनका कोठाहरु निर्माण गरिएको छ । यसको प्रयोग कुनै पनि वैवाहिक समारोह, विभिन्न कार्यक्रम गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । भवनको माथिल्लो तलामा ९० फिट लम्बाई र ६० फिट चौड़ाईको सभा हल निर्माण भएको छ, जुन मधेश प्रदेशकै अहिलेसम्मको सबैभन्दा ठुलो हो ।
फतुवा विजयपुर नगर उपप्रमुख कान्ति देवी महतोको अध्यक्षतामा भएको उदघाटन समारोहमा एमालेका जिल्ला इन्चार्य उपेन्द्र शाह , जिल्ला अध्यक्ष अमर साह , कटहरिया नगर पालिकाका मेयर शियाराम कुशवाहा, मौलापुर नगर पालिकाका मेयर रिना देवी साह, लगायतको सहभागिता रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.