Take a fresh look at your lifestyle.
npa 9 suchana

सदस्यहरुको शपथ ग्रहण स्थगित मधानी यज्ञमा एक लाखको जनसहभागिता जुटाउने निर्णय

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ७ फागुन ।
नेकपा एमालेको ९ नौ जिल्ला अधिवेशनबाट मनोनयन भएका जिल्ला सदस्यहरुको शपथ ग्रहण आज स्थगित गरिएको छ । पार्टीका जिल्ला स्तरिय अन्तरद्धन्द्धका कारण शपथ ग्रहण रोकिएको हो । मौलापुर नगर पालिकाको पिकनिक पार्कमा राखिएको शपथ ग्रहण कार्यक्रम आज स्थगित गरिएको नेकपा एमालेले जनाएको छ । मौलापुर नगर पालिकाको पिकनिक पार्कमा अधिकाँस जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो । पार्टीको माथिल्लो निर्देशन अनुसाार एक हप्ताका लागी शपथ गंहण कार्यक्रम रोकिएको जिल्ला इन्चार्य उपेन्द्र शाहले बताएका छन । सोही क्रममा आज आयोजित जिल्ला भेलाले फागुन १७ गते आउने मौलापुरमा हुने मधानी यज्ञमा पुर्व प्रधान मन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने भएको हुनाले आ आफनो नगर पालिका तथा गाउँ पालिकाबाट एक लाख जनाको सहभागिता गराउने निर्णय भएको नेकपाकका जिल्ला अध्यक्ष अमर शाहले बताएका छन । जिल्ला इन्चार्य उपेन्द्र शाहको प्रमुख आतिथ्यमा केन्द्रिय सदस्य तथा सहइन्चार्य उद्धव रेग्मी , मधेश प्रदेशका सदस्यहरु लगायतका वतmाहरुले आ आफनो विचार व्यतm गरेका थिए । जिल्ला अध्यक्ष अमर शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.