Take a fresh look at your lifestyle.
npa 9 suchana

छैठो निर्वाचन दिवस २०७८ मनाइयो

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ६ फागुन ।
निर्वाचनमा सबै , सधै , सँगै मुला नाराका साथ आज छैठो निर्वाचन दिवस २०७८ मनाएका छन । सो अवसरमा जिल्ला समन्वय समिति रौतहटका सभापति तथा प्रमुख जिल्ला अधिकारीले संयुतm रुपमा मैनवती बाली उदघाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रौतहटका सभापति राम एकवाल राय यादवले निष्पक्ष धाँधली रहित निर्वाचन गराउन आफु सहयोग गर्ने बताए । निर्वाचनमा सम्पुर्ण मतदाताले भाग लिन वातावरण बनाउन उनले सम्बन्धित निकाय सँग जोडदार माग पनि गरेका थिए । सो अवसरमा प्रजिअ कुष्ण बहादुर शाहीले भय रहित निर्वाचन गराउन आफु सदैव तत्पर रहने बताए । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवतmा उदय चन्द्र अधिकारीले आयोजित कार्यक्रममा उठेको प्रश्नमा वडा अध्यक्षले जिम्मेवारी पूर्वक कार्य नगरेमा दण्ड र कार्यवाहीको भागदारी हुने बताए । नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झाले मतदाता परिचय पत्र हराएको खण्डमा वडा बाट सिफारिस गराए मात्र मतदाता परिचय पत्र दिने प्रावधान गलत रहेको बताए । वडामा आफनो मतदाता नभएकालाई परिचय पत्र बनाउन अनाकानी गर्ने आँशका व्यतm गर्दै उनले निर्वाचन कार्यालयबाट नै मतदाता परिचय पत्रको दिने व्यवस्था मिलाउन उनले सुझाव दिएका थिए । सोही क्रममा निर्वाचन कार्यालयका प्रमुख छोटे लाल दासले निर्वाचन आयोगको गतिविधि , वारे जानकारी गराएका थिए । सो अवसरमा २७६ मतदान स्थल र ४७५ मतदान केन्द्र रहने बताए । जिल्लाको कुल जनसँख्या ४ लाख १५ हजार पुगेको तथ्याँक प्रस्तुत गरेको थियो । अनुगमन कर्ता र पर्यवेक्षकको काम कर्तब्य को वारेमा जनाकारी गराइएको थियो । जिल्लाका स्थानीय निकायका प्रमुख र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.