Take a fresh look at your lifestyle.
npa 9 suchana

आचार संहिता सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट १० फागुन ।
मौलापुर नगर पालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ रौतहटको आयोजनामा आज आचार संहिता सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम मौलापुर नगर पालिकाको सभाकक्षमा सम्पन्न भएको छ । सो कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय पूर्व अध्यक्ष धर्मेन्द्र झाले आजोजक तथा सहयोगकर्तालाई धन्यवाद दिए । सोही क्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झाले फेसबुकमा समाचार लेख्ने नागरिक पत्रकार हुने बताए । पत्रिका तथा अनलाइन समाचार लेख्ने लाई व्यवसयीक पत्रकार हो बताए । पत्रकारको न्ययाधिश समाज रहेकोले समाजको समय सापेक्ष समाचार लेख्न सुझाव दिएका थिए । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा रिपोर्टस क्लवका अध्यक्ष अभिमन्यु पटेल , दलित पत्रकार सघका अध्यक्ष राजेश , मौलापुर नगर पालिकाका प्रशासकीय अधिकृत रामबाबु शाह लगायतका वतmाहरुले मन्यव्य दिएका थिए । कार्यक्रममा ३० जना पत्रकारहरुको सहभागिता रहेका थिए । यसै गरी ग्रामिण विकास केन्द्र नेपालको आयोजनामा समान र न्यायीक समाजको लागी लैङ्गिक हिंसा न्यूनीकरण परियोजना कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा जिल्लाका ३० जना पत्रकारहरुको सहभागिता रहेका थिए भने प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रिय पूर्व अध्यक्ष धर्मेन्द्र झाले सहजीकरण गरेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.