Take a fresh look at your lifestyle.
npa 9 suchana

फतुवा विजयपुर नगर पालिकाको मेयर सहित डेढ दर्जन पूर्व जनप्रतिनिधिको विपक्षमा मुद्दा दर्ता

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट , १२ असार ।
फतुवा विजयपुर नगर पालिकाको मेयर सहित डेढ दर्जन पूर्व जनप्रतिनिधिको विपक्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आय आर्जनबाट बाडँने सम्झौता अनियमतता गरेको भन्दै अख्तियारले डेढ दर्जन जनप्रतिनिधिको विपक्षमा मुद्दा दर्ता गरेका हुन ।

यमुनामाई गाउँ पालिकाको सुचना

आयोगले फतुवा विजयपुरका तत्कालिन एवं वर्तमान मेयर गोपाल राय यादव, तत्कालिम उपमेयर कान्ती देवी सहित विभिन्न वडाध्यक्षको विपक्षमा १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ बिगो माग दावी गर्दै आज आइतवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाएको छ ।

नदी ठेक्काबाट आउने रकममा फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम वाडँफाँड गर्ने निर्णय भएको थियो । फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को लाल बकैया नदीको ठेक्का प्रचलित ऐन नियम विपरीत रद्ध गरी नगरपालिकालाई नोक्सानी पु¥याएको भन्ने उजुरी निवेदन परेपछि अनुसन्धान गर्दा तत्कालिन मेयर र उपमेयर सहित विभिन्न वडाध्यक्षहरुको संलग्नता देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ को उपदफा (१) बमोजिम बिशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.