Take a fresh look at your lifestyle.
npa 9 suchana

संचारकर्मीहरु बिच परित्यात्मक कार्याक्रम सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट, १५ माघ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सेवा प्रवाह तथा शान्ति सुरक्षा प्रमुख उदेश्य रहेको बताएका छन । जिप्रका रौतहटद्धारा आयोजित संचारकर्मीहरु बिच परित्यात्मक कार्याक्रममा सो कुरा बताउदै सिमा नाकाबाट हुने ओसार पोसार नियन्त्रण गर्ने बताए । जिप्रका गौरको सभाकक्षमा आईतवार आयोजित उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीहरुले पाउनुपर्ने कार्यमा ढिलासुस्ती, नहुने प्रजिअले बताए । खोलाजन्य बस्तुको दोहन, अबैध क्रशर उद्योग, चुरे दोहन, लगायतका विषयमा थाहा पाएको प्रजिअ मिश्रले बताए ।
प्रजिअ मिश्रले जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरु भोग्दै आएको समस्यालाई समाधान गर्न छिटै टाइमकार्ड लागु गर्ने बताउदै सोको लागि प्रक्रिया सुचारु गरी सकेको उनले बताए । अन्य कार्यालयहरुको समस्या समाधान गर्न पहल गर्ने, मापदण्ड विपरित क्रशर उद्योगलाई कडाईका साथ निगरानीमा राख्ने तथा अबैध क्रशर उद्योगको पहिचान गरेर बन्द गराउने, खोलामा हुने अबैध दोहनलाई नियन्त्रण गर्ने तथा स्थानीय सरकारलाई पनि जागरुक बनाउने, चुरे दोहनलाई पूर्णरुपमा निष्तेज पार्ने, सिमाबाट हुने चुहावट नियन्त्रण गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने संचारकर्मीहरु समक्ष प्रतिबद्धता जनाएका थिए ।
सो कार्यक्रममा राष्ट्रिय अनुसन्धानका उप निर्देशक चन्दन झा, नेपाल पत्रकार महासंघ अध्यक्ष प्रेमचन्द्र झा लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.