

, रौतहट १५ माघ ।
श्री श्री अनन्त श्री विष्णु महायज्ञ ५१ कुण्डीय भब्य महायज्ञ फागुन ४ गते देखि शुरु हुने आयोजक समितिले आज पत्रकार सम्मेलन गरी बताएका छन । आयोजक समितिका अध्यक्ष पवन साहको अध्यक्षतामा यज्ञाध्यक्ष श्री राम अनुग्रह दास जी महाराजले यज्ञमा पुजन पाठ , कथा ,हवन ,यज्ञ भण्डारा हुने बताए । सो यज्ञमा राजऋषी परमपुज्य आचार्य श्री सुदर्शन जी महाराज , वृन्दावन की कथावाचिका हेमलता शास्त्री ,श्री जानकीघाट ,श्री धाम , अयोध्या का श्री श्री १००८ श्री पुज्य महन्थ श्री जनमेजय शरण जी महाराज , अयोध्याका श्री श्री १००८ श्री पुज्य महन्थ श्री अवधेश दास जी महाराज लगायतका भारतीय तथा नेपाका महन्थहरुको सहभागिता रहने उनले बताए । गौर राइस मिल्लको प्राङ्गनमा हुने उतm यज्ञको कलश यात्रा फागुन ४ गते १०८ कन्याद्धारा हुने यज्ञाध्यक्ष श्री राम अनुग्रह दास जी महाराजले बताए । सोही अवसरमा समितिका अध्यक्ष पवन साहले यज्ञको तयारी ७० प्रतिशत भइ सकेको बताए । यज्ञमा २ करोड ५४ लाख अनुमानित खर्च हुने समितिका कोषाध्यक्ष अवधेश प्रसाद यादवले बताए ।