, रौतहट ३० साउन ।
अपराधिक विश्वासघात र चोरी तथा डाँका मुद्धामा चार जनालाई प्रहरीले पक्राउ गरी म्याद थप लिई अनुसन्धान शुरु गरेको छ ।
वृन्दावन नगर पालिका ६ वस्ने वर्ष २८ को हरिकान्त पासवान ,गुजरा नपा ९ सिमरा भवानीपुर वस्ने वर्ष ४२ को कृष्ण चौधरी , चन्द्रपुर ९ वस्ने लक्ष्मण चौधरी , चन्द्रपुर १० वस्ने बालचनपुरका छोटेलाल बैठा र गुजरा नपा २ का मुकेश महतो माथि अपराधिक विश्वासघात र चोरी तथा डाँका मुद्धामा म्याद थप लिएको जिल्ला प्रहरी कार्यालय गौरका सुचना अधिकारी उमाशंकर प्रसाद यादवले बताएका छन ।
अशोक विनायक ट्रान्सर्पोट कम्पनी मार्फत ४२० बोरा युरिया मल कृषि सामाग्री कम्पनी लिमिटेड विरगजबाट शाखा कार्यालय चन्द्रपुर रौतहटमा ल्याउनको लागी ना ६ ख ९१९२ नम्बरको ट्रक लोड गरी पठाइएकोमा समयमा उतm मल चन्द्रपुरमा नल्याइ चालक हरिकान्त पासवान सम्पर्क विहिन भएको अवस्थामा इप्रका चन्द्रपुरको टोलीले अनुसन्धान गर्दै जादाँ गुजरा नपाको मैरा कटानी जगलबाट ना ६ ख ९१९२ नम्बरको ट्रक , १०२ बोरा मल , ओन टेस्ट ट्रयाक्टर , ना ३ त २१८० नम्बरको सोनालिका ट्रयाक्टर सहित मानिसहरु पक्राउ गरिएको सुचना अधिकारी यादवले जनाएको छ ।